2020-12-09 18:41:04
अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाले ल्याए ‘आइकनफेस’ नामक एप
आरुघाट, सल्यानटार, खहरे हुँदै १४ किलोमिटर सडकखण्ड आयोजनाले डुबानमा पर्ने भन्दै निर्माणाधीन रहेकै बेला ५ वर्षअघि स्थगित गरिएको थियो । गत मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल उक्त खण्ड अनुगमन गर्न पुगेका थिए । उनीसँगै पुगेका मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय प्रमुख दीपक केसीले ‘बूढीगण्डकी आयोजनाको मोडालिटी तयार नभएकाले राजमार्गका लागि प्रस्तावित सडक रेखांकन क्षेत्र डुबानमा पर्ने र भौतिक तथा पूर्वाधार मन्त्रालयले पहिलेकै ठाउँमा निर्माण गर्न नसकिने बताएपछि सडक निर्माण रोकिन पुगेको’ बताए । दुईवटा राष्ट्रिय गौरवका आयोजना एकै ठाउँमा परेका कारण अन्योल देखिएको छ । समस्या समाधानका लागि सरोकारवाला स्थानीय निकायसँग छलफल गर्न र आयोजना क्षेत्रको अवस्था निरीक्षण गर्न योजना आयोगका उपाध्यक्ष कँडेल आफैं खटिएका छन् । उनको नेतृत्वमा रहेको टोलीले मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोटको सामरीभन्ज्याङदेखि धादिङको भर्याङभुरुङ, भोगटेनी, कटुन्जे, लपाङफेदीसम्मको सडक अवलोकन गरेर फर्केको थियो ।
६ वर्षअघि गरिएको डीपीआरमा प्रतिकिलोमिटर ४ करोड खर्च हुने प्रस्ताव गरिए पनि ढिलाइले ६ करोड लागत अनुमान गरिएको आयोजना प्रमुख केसीले बताए । बूढीगण्डकी आयोजनाका कारण रोकिएको राजमार्ग निर्माण कार्य अब नयाँ रेखांकन गरेर जाने कि पुरानैलाई मान्यता दिने भन्नेबारे केही दिनमै टुंगो लाग्ने आयोगका उपाध्यक्ष कँडेलले बताए ।
बूढीगण्डकी जलविद्युत्को मोडालिटीकै कारण सडक निर्माण कार्य रोकिन नहुने नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यको भनाइ छ । मध्यपहाडी राजमार्गको धादिङ खण्डको लामो दूरी नेत्रावती डबजोङमै पर्छ । ०६४/६५ देखि यसको निर्माण कार्य थालिएको हो । निर्माण थालेको ७/८ वर्षभित्र उक्त राजमार्गको निर्माण सकिने योजना बनाइएको भए पनि भौतिक प्रगतिको लक्ष्यमा पुग्न नसकेको उपाध्यक्ष कँडेलले बताए ।











0 Comments