2024-03-28 15:40:33
भक्तपुर मुलाँलाँ (कमलविनायक सडक) स्थित बिनायक बस्त्रालयमा आगलागी करिव ४ लाख बराबरको धनमाल क्षति
भक्तपुर चैत्र १५ गते
बुधबार राति ८ः१५ मुलाँलाँ (कमलविनायक सडक) स्थित बिनायक बस्त्रालयमा आगलागी हुँदा करिब ४ लाख बराबरको धनमाल नस्ट भएको छ । पसल बन्द गरेको करिब २० मिनेट पछि पड्किएको आवाज आएको थियो । गाडी कतै ठोकायो कि भनी बसेको पसल धनी ममता श्रेष्ठ मानन्धरले बताएको छ । एकछिन पछि पसलबाट धुवा निस्केको देखेपछि पसलमा आगलागी भएको भनी श्रीमानलाई बोलाएर आगो निभाउन लागिपरेको बताए । छिमेकीहरूको साथ सहयोगमा केही बेरमै आगो निभाउन सफल भएको मानन्धरले बताए । समयमै आगो निभाउन पाएकोले धेरै नोकसान हुनबाट जोगिएको छ । गुर्टा सुरूवाल, टप्स, सारी, भित्री बस्त्र लगाएतका सामानहरू करिब रू.४ लाख जतिको धनमाल जलेर नस्ट भएको पसल धनी प्रमोद मानन्धरले बताएको छ । बिधुत सर्ट भई सिसि क्यामेराको डिभिआर पड्किएर आगलागी भएको अनुमान गरिएको छ ।












0 Comments