2024-03-16 14:15:28
भक्तपुरको सल्लाघारी चौरमा दुई दिने निरंकारी समागम आज शनिवारबाट भव्यरुपमा शुरु भएको छ ।
भक्तपुर चैत्र ३ गते २०८०
निरंकारी मण्डल नेपालको आयोजनामा दुई दिने निरंकारी समागम आज शनिवारबाट सल्लाघारी चौरमा भव्यरुपमा शुरु भएको छ । सन्त निरंकारी मण्डल नेपालले आयोजनामा २३ औं निरंकारी सन्त समागम नेपाल दुई दिनसम्म चल्ने छ । उक्त कार्यक्रमका लागि १२०० जना स्वयंसेवक खटाइएको आयोजकले जनाएका छन् । सत्संघमा उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खाने बस्ने व्यवस्था, यातायात, पानी, ५०० वटा शौचालय आदिको व्यवस्था रहेको र अन्य किसिमका खानेकुराका लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहे आयोजकले बिहिवार पत्रकार सम्मेलनमा जानकारी दिए थियो ।
भक्तपुर सल्लाघारीको १०८ रोपनि जग्गामा उक्त कार्यक्रम आयोजना भईरहेको छ । कार्यक्रमका लागि स्वयंसेवकहरुले सो क्षेत्रमा सबै सफा गरेर ब्यवस्था मिलाएको छ भने कार्यक्रम सके पछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिनुभयो । कार्यक्रममा १० हजार भारतीय र करिब ५ हजार नेपालीको उपस्थिति रहने आयोजकले जनाएका छन् । कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ ।
१०० भन्दा बढी देशमा शाखा रहेको सन्त निरंकारी मण्डलको नेपालका ३९ जिल्लामा १२५ सत्संघ भवन रहेका आयोजकले जानकारी दिएको छ । कार्यक्रम नेपालमा पहिले पनि आयोजना भएका भएता पनि यस पटकको भने भएकामध्ये सबैभन्दा भव्य रहने आयोजकको अपेक्षा छ ।










0 Comments