2024-02-24 15:50:59
साहित्यकार तथा राजनितिज्ञ तिलक प्रकाशका दुई कृति शनिवार भक्तपुरमा विमोचन भएको छ ।
भक्तपुुर फागुण १२ गते २०८०
साहित्यकार तथा राजनितिज्ञ तिलक प्रकाश कायस्थका दुई कृति शनिवार भक्तपुरमा विमोचन भएको छ । दूधपाटीस्थित तिशा इन रेष्टुरेन्टमा तिशा ट्रष्टले आयोजना गरेको एक कार्यक्रमबीच लेखक तिलक प्रकाशका दुई कृतिहरू तिलक प्रकाशका कृतिहरूका भूमिका’ र ‘मेरो कथा, मेरो व्यथा’‘ नामक दुई कृति विमोचन गरिएका हुन् । ती कृतिहरू क्रमशः पूर्व सभामुख दमननाथ ढुंगाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति विमल निभाले गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व सभामुख ढुंगानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाश कायष्थको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कायष्थले राजनीतिक रुपमा निष्ठावान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गर्नुभयो । सभामुख ढुंगानाले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरु सुध्रिनुपर्ने चर्चा गरे गर्दै तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरुबाट वर्तमान राजनीतिक व्यक्तिहरुले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति एवम् साहित्यकार बिमल निभाले लेखक तिलक प्रकाश कायष्थको साहित्य उँचो रहेको बताउँदै उहाँले राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उहाँको नवीनतम् कृतिका साथै वीरग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको बताउँनुभयो । उपकूलपति निभाले लेखक तिलक प्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेत समेत रहेकाले वीरहरुको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठूलो योगदान दिएको बताउँनुभयो ।
अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले कार्यक्रममा लेखक तिलक प्रकाश कायष्थको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै पुस्तकमा जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरु र सम्पूर्ण देशप्रेमी नेपालीहरु सचेत हुनुपर्ने बताउँनुभयो ।
तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा संघसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार संजिव दुलाललाई नगद पचास हजार पाँच रूपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताउँनुभयो।
कार्यक्रममा लेखक तिलक प्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयहरुलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताउँदै सो पुस्तकका साथै अन्य पुस्तकहरु प्रकाशनमा सहयोग गर्ने अगिब बनेपाली र सुमि श्रेष्ठ बनेपालीलाई सम्मान गरेका थिए ।











0 Comments