हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर फागुण १२ गते २०८०
भक्तपुरका बरिष्ठ फोटोग्राफर एवं पत्रकार केदार प्रसाद बनेपालीका बुबा र छोरा, छोरी गरि तिन पुस्ताले खिचिएका फोटोहरुको प्रदर्शनी यहीं फागुण १८ र १९ गते दरवार क्षेत्रमा हुने भएको छ । शनिवार भक्तपुरको बाचामारी स्थित होटल सिटी गाउँमा भएको पत्रकार समेलनमा फोटोग्राफर बनेपाली र भक्तपुर पर्यटन विकास समितिले जानकारी दिएको हो । यही फागुन १८ र १९ गते भक्तपुरका ऐतिहासिक एवं पुरातात्विक महत्वका तीन पुस्ताले खिचेका ६८ वटा फोटोहरु ‘व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी सिरिज वन’ नाम दिई भक्तपुरको दरवार क्षेत्रमा गर्ने भएको छ । उक्त प्रदर्शनीमा भक्तपुर लगायत अति महत्वपूर्ण प्रदर्शनीमा राख्नै पर्ने काठमाण्डौ, पाटन र काभ्रेका केही फाटोहरु राख्ने आयोजकले जनाएको छ । भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपालीले करिव ८० बर्ष पहिले खिचिएको र छोरा केदार प्रसाद बनेपाली र नाति किसन र नातिनी सुनी बनेपालीबाट हाल खिचेका ऐतिहासिक महत्वका फोटो प्रदर्शनी गर्न लागेको हो । उक्त प्रदर्शनीमा ८० वर्ष पुराना भक्तपुरको अवस्थालाई नियाल्न सकिने र सम्पदा निर्माणमा के कस्ता फरकपन भएको छ भनी हेर्न पाउने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेश राज शर्माले जानकारी दिनुभयो।
पुराना तस्विरकै कारण विभिन्न देशबाट पुराना मूर्तिहरु फिर्ता ल्याउन सकेको बताउँदै अध्यक्ष शर्माले बनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक फरक कालखण्डको फोटोहरु भक्तपुरको परिवर्तित जीवनशैलीसँगै सम्पदाहरुमा आएको परिवर्तन समेत उक्त प्रदर्शनीमा हेर्न सकिने बताउँनु भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायण मान विजुक्छेँले उद्घाटन गर्ने उक्त प्रदर्शनीका फोटोहरु अवलोकनसँगै विक्रीका लागि समेत राखिने फोटोग्राफर बनेपालीले जानकारी दिनुभयो । फोटो पत्रकारिताका विगत र वर्तमान अवस्थाबारे जानकारी दिंदै उहाँले म्यानुअलदेखि डिजिटलसम्म आइपुग्दा धेरै परिवर्तन भैसकको स्मरण गर्दै आफ्नो बुबाले खिचेका पुराना फोटोहरु क्यानाडामा प्रदर्शनी गरेपछि मात्र यस्तो प्रदर्शनीको सोच पैदा भएको बताउनुभयो।प्रदर्शनी विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहने आयोजकले बताएको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).