हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाडौं फागुन १ गते २०८० 
बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा.लि.ले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग  स्कुटर किन्दा  ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ । वुलिंग गाडी २०० कि मि र ३०० किमीमा उपलब्ध छ भने कार किन्नको लागि नक्साल र भैसेपाटी शोरुममा जान सक्नु हुनेछ । उपलब्ध गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ । स्कुटर किन्न भने नेपाल भरिको मुख्य मुख्य सहरहरुमा उपलब्ध हुने इभी नेपाल मोटर्स प्रा.ली. बताएको छ । लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ जसमा कलेजको बिधार्थी देखि  अफिसको हाकिम र कृषक, तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध छ रहेको पनि इभी प्रा.लीले जनाएको छ । लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ भने स्कुटरमा २ बर्सको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 /9801002987  मा कल गर्न सक्नु हुनेछ । कम्पनीले नेपाल भरि डेलिभरीको व्यवस्थासंगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको बज्र ग्रुपका एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरद ले जानकारी गराउनु भयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).