हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

सरकारले विश्व बैंकबाट ८ करोड अमेरिकी डलर ऋण लिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहुलियत ब्याजको ८ करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो। सो ऋणबाट ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने छ।

यस्तै बिहीबारको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै मन्त्रिपरिषद्ले देशभरका विभिन्न स्थानीय तह अन्तर्गत रहेको अस्पताल तथा प्राथामिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार अन्तर्गत ल्याई व्यवस्थापनको जिम्मा दिने निर्णयसमेत गरेको छ।

 

उता मन्त्रिपरिषद्ले भिमफेदीस्थित भिमफेदी शेख घर हात्तिसार कार्यालयलाई हात्तिसार संग्रालयमा रुपान्तरण गरी व्यवस्थापन गर्न बागमती सरकारलाई जिम्मा दिने निर्णयसमेत गरेको छ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).