2024-02-04 13:09:42
नेपालमा नसर्ने रोगको अग्रस्थानमा क्यान्सर, महिलाको प्रजनन अंगमा हुने क्यान्सर भयावह हुँदै
काठमाडौं, माघ २१ गते २०८०
नेपालमा नसर्ने रोगको अग्रस्थानमा रहेको हृदयरोगलाई जितेर क्यान्सर रोग अग्रस्थानमा पुगेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक १ जनाजसो क्यान्सर विरामी सिफारिसका लागि जाने गरेको बताउनुभयो । आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जनाले सिफारिस लिन पुगेको तथ्यांक रहेकोमा यो वर्ष २ सय पुगिसकेको उहाँले बताउँनुभयो । नेपाल एनसीडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्वन्धि स्क्रिनिङ्ग प्रशिक्षणमा बोल्दै उहाँले नेपालमा स्तन क्यान्सर क्यान्सर र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको बताउँदै महिला प्रजनन अङ्ग भएकाले अरुलाई भन्न पनि लजाउने र चिकित्सकमा जान पनि अप्ठ्यारो मान्ने गरेका कारण महिलाहरुको क्यान्सर रोगको उपचार गर्न ढिलाइ हुने गरेको स्पष्ट पार्नुभयो ।
महिला प्रजनन अङ्ग भएकाले शहरी भेगका महिलाहरुमा समेत स्तन क्यान्सर र पाठेघरको क्यान्सरको बारेमा छलफल गर्न लजाउने प्रवृत्ति भएको हुनाले महिला स्वयंसेविका मार्फत महिलाहरुसम्म सन्देश पु¥याउनका लागि कार्यक्रमको आयोजना गरेको आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले बताउँनुभयो ।
महिलालाई हुने क्यान्सरको स्थिति भयावह भएको पाइए पछि महिला स्वयंसेविका मार्फत यसबारे जनचेतना जागृत गर्ने र आफैले स्तन क्यान्सर परीक्षण गर्ने क्षमता प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरेको उहाँको भनाइ छ ।
हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपाल, पहल फाउन्डेसन, नेपाल मधुमेह समाजको सहआयोजनामा भएको प्रशिक्षण कार्यक्रममा डा. न्यौपानले सुर्ती सेवन र मदिराका कारणका साथै खानपान एवं रहनसहनले गर्दा क्यान्सर रोगीहरुको संख्या वढीरहेको बताउनुभयो ।
_1707052171.jpg)
वरिष्ठ प्रशिक्षक किशोर प्रधानाङ्गले जंक फूड खाने अनि शारीरिक अभ्यास नगर्ने त्यसमाथि क्यान्सर रोगको बारेमा अरुले थाहा पाउला भनेर छलफल नहुने गरेको बताउँदै क्यान्सरको जोखिम कम पार्नका लागि शंका लाग्ने वित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्ने सन्देश स्वास्थ्य स्वयंसेविकाले घरघरमा पु¥याउनुपर्ने आवश्यकता रहेको उनले बताउँनुभयो । त्यस्तै कार्यक्रममा वरिष्ठ परिचारिका सीता अधिकारीले स्तनमा गाँठागुठीहरु देखिए वा दुृखेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र आफैले समय समयमा स्तनको स्वपरीक्षण गर्न आग्रह गरिन् । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सरको स्वपरीक्षणका विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए । त्यस्तै प्रशिक्षण कार्यक्रमा हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपालका पूर्ण दुवालले स्वास्थ्य अधिकारको हनन् कतै भएमा र सुर्ती नियन्त्रणसम्वन्धि कानुनको पालना नभएमा उजुरी दिन आग्रह गर्नुभएको छ ।











0 Comments