हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर, २० गते माघ २०८०
शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा शनिवार भक्तपुर स्थित ब्रह्मायणी पीठमा सम्पन्न भयो ।
प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका ९ नं.वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले कार्यक्रमको उद्घाटन गर्दै साधारणसभाको औचित्य र संस्थाको वार्षिक क्रियाकलाप तथा आर्थिक जानकारी साधारणसभाकै दिन प्राप्त हुने बताउनुभयो । सदस्यको हितमा संस्थाले गरिने हरेक गतिविधिको यथार्थ विवरण साधारण सभाबाट दिने प्रष्ट्याउँदै उहाँले सहकारी संस्था र सदस्यवीचको जति घनिष्ठ सम्बन्ध हुन्छ, त्यति बैंक र फाइनान्ससँग नहुने स्पष्ट पार्नुभयो । विभिन्न लोभ प्रलोभनमा पारी जनताको बचत उठाएर नराम्रो सोचका मान्छेले सहकारी संस्थाको रकम हिनामिना गरिरहेको बताउँदै अब बचतकर्ताले दुःख नपाउन संस्थाको बारेमा गहन अध्ययन गर्नुपर्ने औल्याउनुभयो ।


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य कृष्णश्वरी मचामसीले संस्थाका नीति नियम र सञ्चालन पद्दतीबारे बचतकर्ताले तथा सम्बन्धित निकायले जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले नियमित साधारणसभा नगरेका, सामाजिक आर्थिक गतिविधि नगरेका सहकारीमा समस्या आइरहेको औल्याउनुभयो । सम्बन्धित क्षेत्रका निकायबाट स–साना घरेलु तथा औद्योगिक कार्यमा लगानी गर्न उत्प्ररित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैयाँ सुजखुले सहकारी सदस्यलाई आर्थिकसँगै सामाजिक, राजनीतिक अवस्थाबारे पनि जानकारी गराइराख्नुपर्ने बताउनुभयो । राजनीतिक र सामाजिक रुपमा सुसूचित एवं अनुशासित नभएका व्यक्तिले संस्थालाई राम्रोसँग चलाउन नसक्ने औल्याउनुभयो ।
संस्थाका कानुनी सल्लाहकार प्रेम प्रजापतिले संस्थाको व्यवस्थापनमा आन्तरिक स्वनियमन तथा नियन्त्रण महत्वपूर्ण सावित हुने बताउनुभयो । उहाँले सहकारी भित्रको आन्तरिक व्यवस्थापनको कमजोरीकै कारण सहकारीहरु समस्याग्रस्ट बनेको बताउँदै विभिन्न सहकारीमा आएको समस्याबाट सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रमबाट संस्थाका सचिव ज्ञानेन्द्र प्रसाद मगजुको आ.व. २०७९÷८० को प्रगति प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९÷८० को आथिृक प्रतिवेदन, लेखा संयोजक राजकुमार प्रजापतिद्वारा प्रस्तुत आ.व. २०७९÷८० को प्रतिवेदन, वाह्य लेखा परीक्षकको प्रतिवेदन, आ.व. २०८०÷८१ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी विभिन्न प्रस्तावहरु पारित गरेको थियो । उक्त कार्यक्रममा ७० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको छ ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).