2024-01-30 11:11:43
मध्यपुर थिमि नगरापालिका वडा लिग फुटवल प्रतियागिता २०८० माघ २९ देखि फागुण २४ सम्म सानोथिमिमा हुने
भक्तपुर माघ १६ गते २०८०
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल प्रतियोगीता २०८० हुने भएको छ । यहीँ माघ २९ गते देखि फागुण २४ गतेसम्म दोस्रो मध्यपुर थिमि नगरपालिकाको वडा लिग फुटबल २०८० संचालन हुने मंगलवार सानोथिमि स्थित मध्यपुर यूथ एशोसियशन को हलमा सम्झौता हस्ताक्षर तथा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
यस प्रतियोगितामा मध्यपुर नगरपालिका भित्रको नौ वटा वडा सहभागिता जनाउने जानकारी दिँदै नगरपालिका भित्र बसोवास गर्ने खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने पनि जानकारी दिएको छ । प्रतियोगितामा नगरपालिकामा स्थाई बसोवास गर्ने जुनसुकै स्टरको फुटवल खेलाडीले खेल्न पाउँने प्रावधान भएको जनाएको छ । प्रतियोगितामा प्रत्येक वडाले आठ वटा खेल खेल्नुपर्ने छ जसमा ३६ वटा म्याचहरु रहनेछ । प्रथम हुने वडाको टिमलाई पुरस्कार वापत रु २ लाख ५० हजार नगद, दोस्रो हुनेलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद प्राप्त गर्ने पत्रकार समेलनमा जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ् द म्याच खेलाडीले ट्रफी प्राप्त गर्नेछन् भने प्रतियागिताको उत्क्रिष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद रु दश दश हजार पुरस्कारको पनि ब्यवस्था गरिएको जानकारी दिएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले नगद रु २० हजार प्राप्त गर्ने छन् भने अनुशासित टिमलाई फेयर् प्ले टिम घोषणा गरी नगद रु २५ हजार प्रदान गरिने पनि जानकारी गरिएको छ । प्रतियोगिता संचालनको लागि कुल बजेट २८ लाख २४ हजार खर्च लाग्ने अनुमान गरिएको पत्रकार समेलनमा जानकारी दिएको छ ।










0 Comments