हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर, माघ ११ गते 
हरेक वर्षको पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजबाट भक्तपुरको हनुमानघाटमा सुरु भएको छ ।
नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाट त्रिबेनीमा माघ महिनाभर व्रत बसेर मनाईने प्रसिद्ध माधवनारायण मेला आजदेखि सुरु भएको हो । 
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।     
नगरपालिकाले ढलको व्यबस्थापन नगर्दा यहाँ ब्रत बस्न चाहनेहरु पनि साँखुको शालीनदीमै व्रत बस्न जान थालेपछि यहाँ ब्रत बस्नेको संख्या घट्दै गएको माधवनारायण मेला व्यबस्थापन समितिले जानकारी दिएको छ । 
ब्रतालु महिलाहरु यहि बसे पनि पुरुषहरु भने हरेक दिन विहान त्रिवेणी खोलामा आएर नुहाउने र ब्रतालु महिलासंगै बिभिन्न स्थानको कलश यात्रामा सहभागि जनाउने गर्दछन् ।
ब्रतालुले औसीदेखि नै खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरि ईन्द्रेश्वर महादेवको दर्शन गरि अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरि जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नानगरि कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा रहेको छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).