2023-12-04 02:46:48
वर्ल्ड नेवाः अर्गनाइजेसनले न्ह्रयस लिस कासाको दोश्रो संस्करणको पुरस्कार वितरण शनिवार काठमाण्डौमा सम्पन्न गरेको छ ।
काठमाण्डौ मंसिर १८ गते २०८०
विश्वभरीका नेवाःसमुदायको छाता संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइजेसनले)ले विश्व नेवाः न्ह्रयस लिस कासाको (हाजिरी जवाफ) प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न गरि बिजयी समूहहरुलाई पुरस्कार वितरण गरेको हो ।

WNOले भदौ २ गतेबाट वर्ल्ड नेवाः क्वीज कन्टेस्ट २०२३ सुरु गरेको थियो । काठमाण्डौको जगत सुन्दर बोने कुठीमा शनिबार एक कार्यक्रमको आयोजना गरी पहिलो, दोस्रो तथा तेस्रो भएको प्रतियोगिहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गरियो । उक्त कार्यक्रममा सँस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले विजयी टोलीलाई नगद तथा पदक प्रदान गर्नुभयो ।

विश्व नेवाः न्ह्रयस लिस कासामा प्रथम हुने प्रतियोगिलाई एक हजार डलर, द्वितियलाई आठ सय डलर तथा तृतीयलाई छ सय डलर नगद सहित प्रमाणपत्र प्रदान गरेको थियो भने त्यस्तै सान्त्वना पुरस्कार स्वरुप प्रतियोगिहरुलाई ४ सय डलर उपहार प्रदान गरिएको थियो । कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष लगयत बिभिन्न पदाधिकारीहरुले अनलाइन मार्फत सहभागिता जनाउनु भएको थियो । त्यस्तै जर्मन शाखाका अध्यक्ष तथा युरोप कोडिनेटर कुमार नापित, जर्मन शाखाका सचिव देव नापित, सदश्य अमित कुमार वाशुकला, लगायतको प्रत्यक्ष सहभागिता रहेको थियो ।

आधुनिक प्रविधिको माध्यमबाट (अनलाइनबाट) भएको उक्त प्रतियोगीतामा विश्वभरी छरिएर रहेका नेवाः समुदायका र नेपाल भाषा पढीरहेका अरु समुदायका १८ वर्षसम्मका र १२ कक्षासम्मका विद्यार्थीहरुहरुको सहभागिता रहेको थियो ।
प्रतियोगीतामा नेपाल र अरु देशको गरि जम्मा ३२ टोलीको सहभागीता रहेको थियो ।











0 Comments