2023-10-29 05:27:22
फोटोग्राफर सुरेश राज शाक्यको "झीगु ख्वप" शीर्षकमा तिन दिने फोटो प्रदर्शनी भक्तपुरमा हुने ।
भक्तपुर कार्तिक १२ गते २०८०
किपाग्राफी भक्तपुरका संस्थापक अध्यक्ष्य तथा भक्तपुरका नयाँ पुस्ताका अति सक्रिय, कृयाशील र समर्पित बरिष्ठ फोटोग्राफर सुरेश राज शाक्यको एकल फोटो प्रदशर्नी हुन लागेको छ । भक्तपुरको लामगाल स्थित सरस्वती बिद्यागृह स्कूलसँगै रहेको भोकस्नल एकेडेमीमा हुन गईरहेको प्रदर्शनीमा फोटोग्राफर शाक्यद्धारा बिभिन्न समयमा भक्तपुरमा खिचिएका फोटोहरु समावेश हुने उहाँले जानकारी दिनुभयो । यो प्रदर्शनीबाट नयाँ पुस्ताले फोटो खिच्ने तरिका लगायत फोटो सम्वन्धि धेरै जानकारी लिन सक्ने पनि बताउँनुभयो । फोटोग्राफी सिक्न चाहने बिद्यार्थी लगायत सबैलाई प्रदर्शनी अवलोकन गर्न आह्वानसँगै प्रदर्र्शनीमा राखिएको फोटोको बारेमा आफुलाई लागे प्रतिक्रिया दिन समेत अनुरोध गरेको छ । प्रदर्शनीमा सम्पदा, संस्कृती, दैनीक जीवनी, र बिभिन्न स्थानका गरी चार वटा शिर्षकमा ८० देखि ९० वटा फोटो प्रदर्शनीमा राखिने छ । कार्तिक १६ गते उद्घाटन हुने प्रदर्शनी कार्तिक १७ गते देखि १९ गतेसम्म बिहान ९ बजे देखि ५ बजेसम्म खुल्ला रहने आयोजकले जनाएकोछ ।











0 Comments