2023-09-21 07:16:28
भक्तपुर वडा नं. ७ ईनाचोबाट ७३,७४५ नगद सहित १० जना भारतीय जुवाडेहरु पक्राउ।
भक्तपुर असोज ४ गते २०८०
भक्तपुर नगरपालिका वडा नं. ७ ईनाचो स्थित हर्क रत्न शाक्यको घरमा भारतीय नागरीकहरु जुवा खेल्दै गरेको अवस्थामा ७३,७४५रुपैया नगद र तास २ बुक सहित पक्राउ गरेको छ । उनीहरुलाई २०८० ०६ ०१ गते साँझ ६ बजे शाक्यको घरको दोस्रो तल्लामा खेल्दै गरेको अवस्थामा नगद सहित पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ परेका १० जनै भारतीय नागरिक रहेको र थप अनुसन्धान भैरहेका परिसर भक्तपुरले जनाएको छ । पक्राउ पर्नेमा १, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष २८ को देव परमणि
२, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष ३३ को कमल शेख
३, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष २५ देव चुत
४, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष ३६ को पूर्ण ब्रतदले
५, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष ४९ को मणजित माकी
६, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष ३५ को सुसिल दले
७, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष ४४ को दिवस हजारा
८, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष ४५ चन्दन कुदेल
९, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष ३० को सोरोजित मैती
१०, भारतको पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर वडा नं. ७ बस्ने बर्ष ३५ को अनुप दोलही
रहेका छन् ।











0 Comments