2023-09-02 07:16:07
शुन्यता र नैराश्यतामा जन्मिएको लघुकथासङग्रह ''एक मुठ्ठी माटो'' को आज लोकार्पण भएको छ ।
क्तपुर भाद्र १६ गते २०८०
भक्तपुर वंशगोपालका सुरेन्द्रलाल भुजूको नवीनतम् कृर्ति एक मुठ्ठी मार्टो नामक लघुकथासङग्रह आज भाद्र १६ गते शनिवार सार्वजनिकी गरेको छ । २०१८ सालमा वंशगोपालमा जन्मिएको कवि तथा कथाकार भुजूले यो पुस्तकमा ४२ वटा लघुकठ्ठासङग्रह समावेश गरिएको छ । सिर्जना अभियान भक्तपुरको आयोजनामा भएको सार्वजनिकी समारोहमा बोल्दै भुजू क्याम्पस जीवन देखि नै साहित्य लेखनमा फाटफुट कलम चलाउने गरेका भुजू पारिवारिक जिम्मेवारी पछि भने लेखन क्षेत्रमा कममात्र समय दिन सकेको बताउँनुभयो । समयसँगै छोरा छोरी हुर्किन्दै गएसँगै उच्च शिक्षाको लागि छोरा बिदेश पढ्न गएपछि आफुमा शुन्यता र नैराश्यता छाएको उहाँले बताउँनुभयो । त्यही शुन्यता र नैरास्यताको समयलाई साहित्यमा बदलेर आज यो कथासङह जन्मिएको उहाँको भनाई थियो ।

साहित्य लेखन शुरुवातको करिव ३५, ३६ बर्ष पछि सामाजिक संञ्जालको शुरु भए पछि भने लेखनमा फेरी हात चलाएको र साथिभाईहरुको हौसलाले फेरि सहित्य लेखनमा जाँगर चलेको पनि सुनाउँनुभयो । सामाजिक सञ्जालमा शुरुमा कविताहरु लेख्दै गएको बताउँदै दुई बर्ष अघि सामाजिक सञ्जालमा लेखेकै कविताहरुको एउटा ंकविता संग्रह ं निकाली सकेको पनि सुनाउँनुभयो । लघुकथा लेखन भने साहित्यकार ध्रुव मधिकार्मी ज्युको सलाह र सुझाव समयको माग अनुरुप लघुकथा लेख्ने काम गरिरहेको सुनाउँनु भयो । कवि तथा कथाकार भुजूले नेवाः भाषा र नेपाली भाषा दुवै भाषामा सहित्यमा कलम चलाई राख्नु भयएको छ ।











0 Comments