2023-08-30 03:17:29
गुन्हिपून्हीको दोस्रो दिन सापारु पर्व भक्तपुरमा भाद्र १४ गते बिहिवार मनाउँदै ।
भक्तपुर भाद्र १४ गते
फाइल फोटो
आज गुन्हिपून्हीको दोस्रो दिन सापारु भक्तपुरमा बिहान देखि सुरु भएको छ । हिजो पुन्हीका दिन सम्म बर्ष दिनमा नेवा समुदायमा दिवंगतहरुको आत्माको चिर शान्तिको कामना गर्दै भक्तपुरमा सापारु पर्व मनाउँने परम्परा छ । हिजो गुन्हिपुन्हीको दिन तलेजुको घेङताङ घिसी ट्वाङ नाच निकाल्ने परम्परा छ ।
परम्परा अनुसार भोली बिहान सापारुमा भाले बास्ने शुरुसँगै तलेजुबाट डोकोचा साँ (डोकोलाई कपडाले बेरेर परालको सिङ्ग राखेर बनाएको) निकालिएसँगै स्थानिय सर्वसाधारणहरुको डोकोचा साँ, ताहा साँ, जिउँदो गाई, बालबालिकालार्य बिभिन्न देवीदेवताहो रुपमा सिंगार पटार गरि नगर परिक्रममा गर्ने गरिन्छ । दिउँसो १२, १ बजे तिर देखि घेङताङ घिसी ट्वाङ नाच सहितको ताहा साँहरु ल्याउने परम्परा छ । यो जात्रा आठ दिन नौ रात सम्म चल्ने भएता पनि दोस्रो दिन सापारु बिशेष दिनको रुपमा लिने गरिन्छ । यो दिन दिनभरि नै जात्रालुहरु भक्तपुर नगरपारिक्रमा गर्नेहरुको भिड लाग्ने गरिन्छ ।
सापारु धार्मिक तथा साँस्कृति महत्व बोकेको पर्व हो । भक्तपुरमा सापारुको औपचारिक सुरुवात गुन्हिपुन्ही (जनै पूर्णीमा)को साँझ देखि सुरु हुन्छ । दोस्रो दिनलाई सापारु भने गरिन्छ । सापारुको पूर्व सन्ध्या पुर्णीमो दिन साँझ गुठी संस्थानले सुकुढोका स्थित नाट्यश्वरमा पूजा गरी तलेजुबाट घेङताङ घिसी ट्वाङ नाच निकाली नगर परिक्रममा गर्ने परम्परा छ । देशभरी मनाउने गाईजात्रा पर्व मध्य भक्तपुरमा मनाउने सापारुको घेङताङ घिसी ट्वाङ नाचलाई बिशेष गरिकाबाट हेर्ने गरिन्छ । भक्तपुरको घेङताङ घिसी ट्वाङ नाच बिश्व प्रसिद्ध नाचको रुपमा पनि लिईन्छ । देशमा नेवा समुदाय भएको बिभिन्न क्षेत्रमा बिभिन्न बाजागाजा सहितको नाचगान हुने गरेता पनि भक्तपुरको जस्तो घेङताङ घिसी ट्वाङ नाच अन्त कही पनि नभएको जानकारीहरु बताउँन्छन् ।
भक्तपुरको गुन्हीपुन्ही पर्व (गाईजात्रा) आठ रात नौ दिनसम्म घेङताङ घिसी ट्वाङ नाच लगायत बिभिन्न ख्याल (हास्यब्यंग्या नाटक), देवीदेवताको नाच, प्रदर्शन गरन्छ । यसै कारण अन्य स्थानको गाईजात्रालाई भन्दा भक्तपुरको गुन्हीपुन्ही पर्वलाई भिन्न र बिशेष रुपमा हेर्ने गरिन्छ । भक्तपुरमा यो पर्व जनै पुर्णीमा देखि कृष्ण जन्माष्टमीसम्म आठ दिन नौ रात सम्म मनाईन्छ ।
सापारु पर्वको दिन भरिको नाचगान र त्यस पछि कृष्ण जन्माष्टमीसम्म बिभिन्न प्रकारका नाचगान, नाटकहरुको भक्तपुर नगरपालिकाले प्रतियोगिता गर्ने गरिएको छ ।










0 Comments