2023-08-20 12:35:12
भक्तपुर लिवालीमा जिम्नास्टिक विकासका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु ।
भक्तपुर भाद्र ३ गते २०८०
जिम्नास्टिक खेल बिकासको लागि स्तरीय प्रशिक्षकको आवश्यकतालाई मध्य नजर गरि नेपाल जिम्नास्टिक संघले “आर्टिस्टिक जिम्नास्टिक कोचेज कोर्ष ट्रेनिङ २०२३“ को प्रशिक्षण कार्यक्रम आज आईतवारबाट भक्तपुरमा शुरु भएको छ । भाद्र ३ गते देखि भाद्र ८ गते सम्म चल्ने प्रशिक्षणमा ६ वटा जिल्ला, बिभागीय टोली नेपाल पुलीस, एपीएफ र नेपाल आर्मीको टोली गरि जम्मा ९ वटा टोलीको सहभागीता रहने छ । शुरुमा ३२ जना पुरुष र १० जना महिला गरि जम्म ४२ जनाले प्रशिक्षणको रुपमा भाग लिने छन् । थ्योउरी क्लासको लागि भक्तपुरको सुर्यविनायक स्थित प्याराडाइज होटलमा हुने छ भने प्राक्टिलको लागि लिवाली स्थित कभर्ड हलमा हुने जानाकारी दिएको छ । प्रशिक्षकको रुपमा बंगलादेशबाट आएका मासुम जी रहने छ । उहाँ कोरियन जिम्नास्टिक क्लबमा सहायक प्रशिक्षकमा कार्यरत रहेको र बिभिन्न एशियन गेमहरुमा सहभागी भैसकेका धेरै अनुभवी प्रशिक्षक पनि भएको आयोजकले जनाएको छ ।










0 Comments