हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र २ गते भाद्र
भक्तपुर ईताछेका रवि हाडा र राजेश हाडाको युट्युव च्यानल हाडा ब्रदर्समा एउटा नयाँ गीतको म्युजिक भिडियो " दियौ माया " शनिवार सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार दिपक जंगमले युट्युवमा क्लिक गरि सार्वजनिक गरेको दियौ माया बोलको गीतमा गायक स्वयम लक्ष्मण पलिखेल र रञ्जना सितिखुले अभिनय गरेका छन् । दयाराम गिरी र अमन सागरको रचना, लक्ष्मण पलिखेलको स्वर, राजेश हाडाको संगीत रहेको उक्त गीत रवि हाडाको निर्देशन रहेको छ । कार्यक्रम बोल्दै गायक पलिखेलले करिव ३५ बर्ष अगाडी गाउने कोशिस गरेको तर गाउन नपाएको यो गीत आज भिडियो सहित बजारमा ल्याउन पाएकोमा धेरै खुशि लागेको बताउँनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ संगीतकार दीपक जंगमले भक्तपुर आउँदा आफ्नै घरमा कार्यक्रम गरेको अनुभव हुने बताउँदै दियौ माया गीतको टीमलाई सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा वरिष्ठ गायक रवि हाडा र नव गायकहरुले पनि आफ्ना गीतहरु प्रस्तुत गरेको थियो ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).