2023-08-01 06:13:17
जिल्ला प्याब्सन भक्तपुरको आयोजनामा नमस्ते ख्वप टेलिभिजनको सहकार्यमा रियालिटी सो प्रतिभाको आँगन आयोजना गरेको छ ।
भक्तपुर श्रावण १६ गते २०८०
जिल्ला प्याब्सन भक्तपुरको आयोजनामा नमस्ते ख्वप टेलिभिजनसँगको सहकार्यमा विद्यालयमा अध्ययनरत विद्यार्थीको नृत्य प्रतिभा प्रस्फुटनको उदेश्यका साथ डान्स रियालिट शो प्रतिभाको आँगन आयोजना गरेको छ। यो रियालिटी सो प्रतिभाको आँगन एकल नृत्य प्रतियोगिता हो । प्रतियोगितामा भक्तपुरमा रहेका प्याब्सनमा आवद्द ७१ वोटा विद्यालयबाट सात सय ५० जना विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागीताको लागि एक हप्ते नृत्य कार्यशाला पनि सम्पन्न भईसकेको छ। उक्त कार्यशालाबाट छानिएका जुनियर र सिनियर तर्फ गरी दुइ सय भन्दा धेरै विद्यार्थी टिभी राउण्डमा प्रबेश गर्न सफल भएका छन। एक साता चलेको कार्यशालामा कथक, लोक तथा आधुनिक गीतमा नृत्य प्रशिक्षण नृत्य निर्देशकहरु द्वारिका अधिकारी र समिर शंखदेब प्रजापतीले दिनुभएको थियो ।

जिल्ला प्याब्सन आबद्द झण्डै ३० वटा विद्यालयको अडिसन छिटै गरिने नमस्ते ख्वप टिभीका क्रिएटिभ डिरेक्टर प्रदिपमान श्रेस्ठले बताउनुभयो । विद्यार्थीका लागि हुने बिभिन्न प्रतियोगीता मध्ये यो रियालिटी सो प्रतिभाको आँगनमा सम्भवत भक्तपुर जिल्लामा अहिले सम्मकै धेरै विद्यार्थीहरुले सहभागिता जनाएको नमस्ते ख्वप टिभीका निर्देशक ऋषिकेश श्रेस्ठले बताउनुभयो। त्यस्तै प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेस्ठले प्याब्सन अन्तर्गत बिद्यालयका विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि विविध कार्यक्रम गर्दै आएकोमा अब धेरै भन्दा धेरै विध्यार्थिहरुको रुचिलाइ मध्यनजर गर्दै नृत्यलाइ पनि समावेश गरेको जानकारी दिनुभयो ।












0 Comments