2023-07-29 08:05:19
नेसनल प्याव्सन भक्तपुरले नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा ६६ जना विद्यार्थीहरुलाई दिएको उदघोषण तालिम सम्पन्न ।
भक्तपुर श्रावण १२ गते २०८०
नेसनल प्याव्सन भक्तपुरको आयोजनामा आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा एक हप्ते उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

श्रावण ५ गते देखि १२ गतेसम्म संचालन भएको उक्त कार्यक्रम रुवी भ्याली स्कुल र क्रियटिभ ई.से. स्कुलमा गरी २ समूहमा प्रशिक्षण गरिएको थियो । कार्यक्रम उपसमितिका संयोजक रमेश प्रसाद सिटौलाको संयोजकत्वमा संचालन भएको थियो । नेसनल प्याव्सन केन्द्रीय सह(कोषाध्यक्ष विक्रम ढुकुछुको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रमको समापन समारोह क्रियटिभ स्कुलमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रमाण पत्र वितरण पछि बोल्दै प्रमुख अतिथि ढुकुछुले भन्नु भयो नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुको लागि उदघोषण र बोल्ने कलाको तालिम प्रदान गरी विद्यार्थी जीवन देखि नै व्यक्तित्व विकासमा टेवा दिन सकेकामा ह्रृदय देखि धन्यावद छ ।
एक हप्तासम्म चलेको उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण नमस्ते ख्वप्प टेलिभिजनका निर्देशक ऋषिकेष श्रेष्ठ र प्रशिक्षक रुविना श्रेष्ठले प्रदान गर्नु भएको थियो । समापन कार्यक्रम प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले नै संचालन गरेका थिए भने सबै विद्यार्थीहरुले तालिम अवधिको अनुभव सुनाएका थिए ।
नेसनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तालिम संचालनका लागि स्थान उपलब्ध गराउने २ विद्यालय रुवी भ्याली स्कुल र क्रियटिभ स्कुल एवं प्रशिक्षक द्वय ऋषिकेष श्रेष्ठ र रुविना श्रेष्ठ लाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष खड्काले विद्यार्थीहरुलाई ७ दिन प्रशिक्षणमा सिकेर मात्र पुग्दैन प्रशिक्षार्थीहरुले निरन्तर प्रयास गर्दै गएमा मात्र सक्षमता हाँसिल गर्न सकिन्छ भन्दै हौसला दिनु भएको थियो । उहाँले व्यक्तिमा भएको सकारात्मक क्षमता अभिव्यक्तिको लागि पनि बोल्ने कलाको आवश्यकता पर्दछ जसको कारण यस्ता कार्यक्रम संचालन गरिएको बताउनु भयो ।











0 Comments