2023-07-25 05:37:52
बन्दीपुरको बरिष्ठ साहित्यकार कायस्थको "म बन्दीपुरे भक्तपुरको" पुस्तक भक्तपुरमा बिमोचन गरियो ।
भक्तपुर श्रावण ९ गते २०८०
श्रृजना अभियान समाज भक्तपुरको आयोजनामा बन्दीपुरका बरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थको ८० बर्षमा ८४ औं कृति "म बन्दीपुरे भक्तपुरको" एक समारोहका बीच शनिवार भक्तपुरमा सार्वजनिकी गरिएको छ । कार्यक्रमा साहित्यकार कायस्थले जेजस्तो भए पनि आफ्ना मनका भावनाहरुलाई अभिव्यक्त दिनुपर्छ भन्ने विचारले साहित्यमा कलम चलाउँदै आएको बताउँनु भयो । आफुले लेखेका बिभिन्न बिधाका कृतिहरु चालीस साल देखि आफ्नै बलबुतामा प्रकाशन पनि गर्दै आईरहेको पनि बताउँनुभयो ।

त्यस्तै कार्यक्रकाका प्रमुख अतिथि डा. विष्णुबहादुर भण्डारीले साहित्यकार कायस्थले असी बर्षको उमेरमा चौरासी वटा पुस्तक लेख्नु भनेको चानचुने कुरा नभएको बताउँदै उहाँले लेखिएको बन्दीपुरका स्थानीयको जातजाति र साहित्यकार हरुको खोजमूलक पुस्तक र सत्यमोहन जोशीमाथि लेखिएका कृति निकै महत्वपूर्ण भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा साहित्यकार तिलक प्रकाश कायस्थले राजनैतिक कारणल गर्दा आफ्नो थातथलो छोडेर उपत्यका बाहिर जानेहरुका बारेमा पनि खोज अध्ययन गरेर लेखिनु पर्ने बताउँनुभयो । त्यस्तै लेखक उत्तमनारायण मल्लले म बन्दीपुरे भक्तपुरको कृतिमा भएका विविध विषयका रचना ज्ञान र जानकारीयुक्त रहेको बताउँनुभयो । श्रृजना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको कायक्रममा साहित्यकार ध्रृव मधिकार्मीले पनि लेखक र पुस्तकका बारेमा बोल्नुभएको थियो ।

प्रमुख वितरक रत्न पुस्तक भण्डार रहेको पुस्तक कायस्थ सेवा सदन बन्दीपुरको लागि निमायादेवी कायस्थद्धारा प्रकाशित म बन्दीपुरे भक्तपुरको कृतिमा विविध समसामयिक विषयका असी वटा लेखहरु संग्रहित छन् । करिव एक घण्टासम्म चलेको कायक्रममा स्रष्टा कायस्थलाई ८४ औं कति प्रकाशनको अवसरमा समाजका तर्फबाट आभार तथा अभिनन्दन पत्र प्रदान गरिएको थियो भने कार्यक्रम विनोदराज ढुङ्गेल सञ्चालन गरेको थियो ।











0 Comments