हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर श्रावण & गते २०८०
नेशनल प्याव्सन भक्तपुरले सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा १ देखि ७ सम्मका २५४ जना शिक्षकहरुलाई शनिवार एक दिने ADHD ( attention deficit / hyperactivity disorder ) र विद्यार्थी सिकाइ सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

भक्तपुरको सुर्यबिनायक पार्टी भेन्यु गपलिमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा श्री सदिक्षा सिटौलाले नेतृत्व गर्नुभएको ADHD कार्यक्रममा  डा. प्रशंसा सिटौला, डा. सामना वली र डा. रचु तिमिल्सिनाले संयुक्त रुपमा ADHD के होरु ब्म्ज्म् भएको बालबालिकाहरु कसरी पत्ता लगाउने र कस्तो व्यवहार गर्ने भन्ने बिषयमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै कार्यक्रममा ADHD बिषयक प्रमुख वक्ता महाराजगन्ज Teaching Hospital का डा. मिलन पुडासैनीले यस बिषयमा थप जानकारी दिनुभएको थियो ।

दोश्रो चरणको कार्यक्रममा इन्स्पाएर एडुकेसनका प्रबन्धक ईन्द्र प्रसाईँले शिक्षकहरुले आफ्नो सिकाईमा नविनतम् प्रयोग गर्ने तथा विद्यार्थीहरुको लागि शिक्षक सधै सकारात्मक हुनु पर्नेमा जोड दिदै संस्कार, लेखाई एवं पढाईको परिक्षण लगाएतका थप बिषयमा अभिमुखीकरण प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको औपचारिक समापनमा प्रमुख अतिथि नेसनल प्याव्सनका केन्द्रीय सह(अध्यक्ष सुवास न्यौपानेले शिक्षकहरुको लागि यस्ता प्रकारको प्रशिक्षणले सिकाईलाई परिस्कृत गर्ने र समय सँगसँगै युग सुहाउँदो शिक्षा प्रदानको लागि टेवा पुर्याउने बताउँदै भक्तपुर नेसनल प्याव्सनको प्रशंसा गर्नु भयो । उहाँले शिक्षकहरुले समर्पित भइ शिक्षण पेसामा लागे मात्र हामीले खोजेको जस्तो शिक्षाको गुणस्तर पाउनेमा जोड दिनु भयो । 
कार्यक्रममा अतिथि नेसनल प्याव्सनका केन्द्रीय सह कोषाध्यक्ष विक्रम ढुकुछुले शिक्षकहरुले सिकेका ज्ञानलाई भोली देखि नै प्रयोगमा ल्याउन सक्नु पर्दछ भन्दै आगामि दिनमा पनि भक्तपुर नेसनल प्याव्सनले शिक्षकहरुको लागि थप कार्यक्रम ल्याउनेमा विश्वस्त रहेको बताउनु भयो । साथै केन्द्रीय सदस्य जीबी खड्काले शिक्षकहरुले पढाउने मात्र होइन सिकाउनको लागि शिक्षकहरुले आफैले पढ्नु पर्ने र पठन संस्कृतिको विकास गर्नु पर्ने भन्दै उपस्थित शिक्षकहरुलाई हौसला प्रदान गर्नु भयो । 


अभिमुखीकरण कार्यक्रम उपसमितिका संयोजक रमेश प्रसाद सिटौलाको समन्वयमा  सम्पन्न कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शिक्षकहरु नै स्कुलका मुख्य नायक हुन् भन्दै शिक्षकले जस्तो भूमिका खेल्छन् त्यहि अनुरुप विद्यार्थीहरुले सिक्छन् भनुभयो। शिक्षकहरुले आफूलाई अनुकरणीय भूमिकामा प्रस्तुत गर्न प्रेरित गर्नु पर्ने बताउँदै अध्यक्ष खड्काले आउने दिनमा सदस्य विद्यालयका शिक्षकहरुलाई विषयगत एवं तहगत रुपमा निरन्तर प्रशिक्षण गर्दै जाने पनि बताउनु भयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).