हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार २१ गते, २०८०

बिहिवार सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र संगम बचत तथा ऋण संस्था लि.ले सामुदायिक विकास कोषमा जम्मा भएको रकमको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेको छ ।
नगर प्रमुख प्रजापतिले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गरिरहेको भक्तपुर नपालाई सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको निश्चित रकम बुझाउनु भएकोमा सहकारीका प्रतिनिधिलाई धन्यवाद दिँदै संकलित रकम जनताको हितमा प्रयोग गर्ने बताउनुभयो ।
ख्वप अस्पतालले स्वास्थ्य बिमा गरेका जनताका लागि दिदै आएको सेवा वापत स्वास्थ्य बीमा बोडसँग हालसम्म रु.१० करोड ५५ लाख ६२ हजार ३४७।१४ रुपैयाँ लिन बाँकी रहेको अवगत गराउँदै उहाँले जनताको सहज स्वास्थ्य सेवाको लागि सामुदायिक विकास कोषको रकम ख्वप अस्पतालमार्फत स्वास्थ्य सेवामा खर्च गरिने बताउनुभयो ।
सामुदायिक विकास कोषको निश्चित रकम भक्तपुर नपाको खातामा जम्मा गर्नेमा हालसम्म सिद्धि गणेश साकोसले रु. ९ लाख, संगम साकोसले रु. १ लाख ५० हजार, भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ७२ हजार ४७५ रुपैयाँ, सहलह बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार ६९० रुपैयाँ, नःपुखु बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ५३ हजार ७४६रुपैया, श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ९३ हजार ७४५।७६ रुपैया, पल्पसा बचत तथा ऋण सहकारी संस्था लि.ले रु. २३ हजार ४२१ रुपैया, सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार २८५ रुपैया, थालाछेँ बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १९ हजार ५१ रुपैया रकम जम्मा गरिसकेको छ ।
त्यस्तै नविन कृषि सहकारी संस्था लि.ले १० हजार, लक्ष्य बचत तथा ऋण सहकारी संस्था लि. ले रु. १० हजार ५०० रुपैया, बेखाल बचत तथा ऋण सहकारी संस्था लि.ले रु. २३ हजार २५७रुपैया, जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.ले रु. १६ हजार १३४, अभियान बचत तथा ऋण सहकारी संस्था लि. ले ११ हजार १८६, न्हुगु झीगु बचत तथा ऋण सहकारी संस्था लि.ले ६ हजार ६९५।५३ रुपैया र चाख बचत तथा ऋण सहकारी संस्था लि.ले रु. ३४ हजार १८५ रुपैया रकम जम्मा गरेको छ । उक्त खातामा हालसम्म उक्त खातामा रु. १४ लाख ६३ हजार ३ सय ७१।२९ रुपैया रकम जम्मा गरिसकेको छ ।
यसअघि भक्तपुर नपाले २०८० वैशाख ८ गते भक्तपुर नपाभित्र सञ्चालित सहकारी संस्थाका पदाधिकारीहरुसँग छलफल गरी २०८० वैशाख २१ गते बसेको भक्तपुर नपाको कार्यपालिकाको बैठकको निर्णयअनुसार आ.व. २०७८।७९ मा सहकारी संस्थाहरुमा जम्मा भएको सामुदायिक विकास कोषको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकाको नेपाल बैंक लि. कमलविनायकको खाता नं. ०१९०३०००००१००१०००००३ मा जम्मा गरी भौचर लेखामा बुझाउन अनुरोध गरेको थियो । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).