2023-07-05 06:46:36
हिजो मंगलवार असार १९ गतेमध्यपुर थिमि नगरपालिका वडा नं. तेर्सेटारमा श्रीजना बस्नेतको कोठामा दिउसै चोरी ।
भक्तपुर असार १९ गते २०८०
भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका वाडा नं.३ तेर्सेटार स्थित अमिनिटि स्कुल नजिक राजन ढुङ्गेलको घरको भुइतलामा डेरा गरि बस्ने श्रीजना बस्नेतको कोठामा चोरी भएको छ । दोलखा कालिन्चोक गा.पा. ८ घर भएका बर्ष ३१ की श्रीजनाको कोठाको ढोका फोडी सुत्ने कोठामा रहेको दराज भित्र रहेको एक एक तोलाको सुनको सिक्री ४ थानको रु. ४४,लाख, हिरा जडित औठी १ थानको रु.१लाखृ, कानमा लगाउने हिरा जडित रिङ २ थानको रु। १लाख ५०हनार हिरा जडित औठी ४ थानको रु. ५लाख र एमटी घडि १ थानको रु ५०हजार गरि जम्मा रु १२लाख ४०हजार बराबरको सामान चोरी भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।











0 Comments