हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार १९ गते २०८०
मिति २०८० असार १३ गते भक्तपुरको तपादंफो (हेल्मेट डाँडा) नजिक पैदल यात्री चाँगुनारायण नगरपालिका वाडा नं. ८ जितपुर बस्ने बर्ष ४२को ज्ञानेन्द्र लोचन धिमिरेलाई मोटर साइकले ठक्कर दिएको जिल्ला प्रहरी परिसर भध्mपुरले जनाएको छ । कमलबिनायकबाट जितपुर तर्फ जाँदै गरेको प्रदेश ०२ ०२६ प ०६५३ नम्बरको मोटरसाइकलले पैदलयात्री घिमिरेलाई अन्दाजी १४ः३० बजे ठक्कर दिएको परिसरले जनाएको छ । घाइते घिमिरेको अन्नपूर्ण न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा सोमवार १६ः४३ मृत्यु भएको परिसर भक्तपुरले जनाएको छ । मोटर साइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष २० को राजन थापा र पछाडी बस्ने ऐ. ऐ बस्ने बर्ष २४को साजन कार्की सामान्य घाइते भएकोमा उपचार पश्चात डिस्र्चाज भएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भै रहेको परिसर भक्तपुरका सूचना अधिकारी प्र.ना.उ. (डिएसपी) बसन्त पाठकले जनकारी दिएको छ ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).