2023-06-30 05:34:31
भक्तपुरको जूजू धौ र दहीमा के फरक छ थाहा छ ?
असार १५ गते २०८०
जूजू धौ भक्तपुर पहिचान हो । परापूर्वकाल देखि सगुनको रुपमा प्रयोग गरिन्दै आएको भक्तपुरको जूजू धौ नेपालमा मात्र नभई बिश्व मै नेपालको पहिचानको रुपमा फैलिरहेको छ । धौ कुनै पनि शुभ कार्यको लागि धौको सगुन दिने लिने चलन नेवाः समुदायमा अझैपनि निरन्तरता पाईरहेको छ । धौ सगुन लिने परम्परा बिशेष गरेर सनातन धर्मालम्विको प्रचलनमा छ ।
जूजू धौ र दहीमा के फरक छ त ।
पहिलो कुरा त जूजू धौ बनाउने तरिका र दही बनाउने तरिका नै फरक छ । जूजू धौ बनाउन फलाम वा सिलावरको ठुलो कराईमा दुधलाई उमालीन्छ । दुध उमालिने क्रममा गुलियोको लागि चिनि हालिन्छ ।
दुध उमाल्ने क्रम १० लिटर काचो दुधलाई करिव ३०,४० प्रतिशत अर्थात ३ देखि ४ लिटरको अनुपात कम भए पछि दुध उमाल्ने बन्द गरिन्छ । दुध उमाल्ने अनुपात ब्यवसायी अनुसार फरक हुन सक्छ । त्यस पछि धानको भुस माथि राखेको माटो कटरा (कला)मा उम्लिएको दुध शुरुमा आधा भरिन्छ । केहि समय पछि फेरी तातो दुध भरिन्छ । भर्ने क्रम कटार अनुसार आधा लिटर देखि एक, दुई, पाँच लिटरसम्मको बनाउने गरिन्छ भने अडर अनुसार ठुलो पनि बनाउने गरिन्छ । यसरी दुध राखेको कटरालाई तातो चिसो मिलाउनको लागि केहीबेर मै बिशेष गरी जुटको बोरा, कपासको पातलो सिरक जस्ता कपडाहरुले छोपेर राखिन्छ ।
छोपेर राखेको करिव ५ घण्टामा धौ जमिसकेको हुन्छ । यो समय मौसम र ठाउँको अनुसार फरक हुनसक्छ । यतिको समय राखे पछि ठिक्क जमेको खानलाई स्वादिस्त योग्य धौ तयार हुन्छ । आज भोली समय अनुसार बोक्न सजिलो हुने हिसावले प्लास्टिकको भाडाकुडामा बनाउन थालिसकेको छ । तर माटोको कटरामा जस्तो प्लास्टिकको भाडामा बनाएको धौ स्वादिस्ट भने हुँदैन । किन भने माटोको कटरामा धौमा बाकि रहेको पानिको मात्रा सोचिएर धौ टक्क भएको हुन्छ भने प्लास्टिकको भाडाले पानी नसोच्ने र माटोको कटराले सोच्ने भएको हुनाले यसमा बनाएको धौ मिठो, स्वादिलो मुख रसिलो र स्वास्थ्यवद्र्धक पनि हुन्छ ।
दही कसरी बनाइन्छ ।
दही बनाउने तरिका पनि करिव करिव धौ बनाउने जस्तै हो । तर दही बनाउँदा दुध उमाल्न पुगे पछि हल्का सेलाएर पछि प्लास्टिकको भाडामा राखेर सिधै डिफ्रिजमा राखिन्छ । दुधलाई फ्रिजको चिसोले जम्माउँछ । यसरी बनाएको दही धौ जस्तो स्वादिस्ट र मुख रसिलो नहुने जूजू धौ बनाउँने र धौ पारखीहरु बताउँन्छन् ।
भक्तपुरको जूजू धौ कति प्रकार हुन्छन त ।
जूजू धौ हाल बजारमा पाउने धेरैले रुचाएको स्वादको हो । जूजू धौ भनेर खाने एक थरिको मान्छेहरु आफुलाई मन पर्ने तरिकाबाट बिभिन्न मसला राखेर जस्तै काजु, नरिवल, छोकडा, किसमिस, लगायतको अफ्नो स्वाद अनुसार अर्डर गरेर धौ बनाउँन दिने पनि छन् । ख्वपया जूजू धौ खाने धौ पारखीहरुको अहिले पनि कमी नभएको धौ ब्यवसायी कृष्ण गोपाल सायजु बताउँनुहुन्छ । पहिलाको जस्तो अहिलेको पुस्तालाई यस्तो बिशेष परिकारको जूजू धौको ज्ञानको कमीले होकी यस्तो पनि बन्छ भनेर थाहा नभएर हो अथवा ब्यवसायीहरुले प्रचार प्रसार गर्न नसकेको हो आजभोली यस्तो खालको जूजू धौको अर्डर नभएको बताउँनु भयो ।











0 Comments