हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार १४ गते
भक्तपुरको दागाचा (आदर्श बसस्टप) स्थित हरित कृषि थोक बजारमा भोली असार १५ गते शुक्रवार देखि १७ गते आईतवार सम्म तिन दिन “सुर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८०” शुरु हुने भएको छ । उक्त मेलामा सुर्यविनायक नगरपालिको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँगै जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्धेश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङमा उत्पादक र उपभोक्तपसम्म पहँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको हो । उक्त मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन र सीप उजागर गरिनेछ । सुर्यविनायकका लघु, घरेलु, साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायहरु, स्थानीय मौलिक उत्पादनहरुको ९० वटा स्टल हुने छ । जसमा जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उन्पादन, स्थानीय कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, नेवारी मौलिक बिभिन्न चाँडवाडका खाजा परिकारहरु, फुड फेष्टिवल मौलिक एवं परम्परागत साँस्कृतिक प्रस्तुती, लगायत स्थानीय गायक गायीकाहरुको साङ्गीतिक प्रस्तुतीहरु हुने छ । मेलामा प्रवेश निशुल्क गरिएको छ ।                     




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).