2023-06-28 13:19:51
मध्यपुर थिमिको सानोथिमिमा ”वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला २०८०“ हुने
भक्तपुर असार १४ गते
सीप भएर पनि बेरोजगार भएर बसेका अथवा रोजगार प्राप्त गर्न कुनै सीप सिक्ने अवसरको खोजीमा बसेका युवाहरुलाई अवसर प्रदान गर्ने उद्धेश्यले मध्यपुर नगरपालिकाल ”वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला २०८०“ मेला आयोजना गरेको आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विद्यालयको पढाई सकेर पनि आफ्नो वृत्ति छनौट गर्न अलमलिनु परेका युवाहरुलाई सहि मार्ग–निर्देशन दिन यही आउने असार १६ गते शनिवार मध्यपुर थिमि नगरपालिकाको सानो थिमिस्थित आदर्श मा.वि.मा यो मेला आयोजना हुने भएको छ । नेपाल सरकार तथा स्वीस सरकार बीचको द्धिपक्षीय सम्झौता अनुसार संचालित दिगो तथा सम्मनित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मध्यपुर नगरपालिकाको आयोजनामा १ दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला २०८० आयोजना हुदैछ । मेलामा बिभिन्न संघसंस्था, कम्पनी तथा उद्योगहरुमा आवश्यक रोजगारीको बारेमा जानकारी दिइने । आवश्यक दक्षता भएका व्यक्तिहरुलाई रोजगारदाताबाट जागिर मिलाई दिने । नेपालमा उपलब्ध विभिन्न रोजगारीका अवसरबारे जानकारी दिने । विद्यार्थी तथा वेरोजगार युवाहरुलाई वृत्ति परामर्श सेवा प्रदान गरिने र प्राविधिक शिक्षा तथा सीपमूलक तालीम र अवसरको जानकारी दिईने बेवस्था गरेको जानकारी दिएको छ । यो मेलाले मध्यपुर लगायत मेलामा सहभागी धेरै युवाहरुले अवसरको उपयोग गर्ने र रोजगारदातालाई पनि चाहिने जनशक्ति उपलब्ध हुनेमा आफु बिश्वस्त भएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउँनु भयो ।











0 Comments