2023-06-24 02:10:02
चाँगुनारायण नगरपालिकाले पूर्वस्वीकृति विना जग्गा सम्याउने र प्लटिङ्ग गर्न नदिने निति ल्याएको छ ।
भक्तपुर जेठ ८ गते
शुक्रवार चाँगुनगरण नगरपालिकाको १३ औं नगरसभा गरेको छ । कार्यक्रममा नगरको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
चाँगुनारायण नगरपालिकाले पाँच बर्षभित्र नगरपालिका भित्र चार वटा बिद्यालयलाई प्राबिधिक शिक्षासहितको महाविद्यालयमा स्तरोनन्ति गर्ने निति ल्याएको छ । नगर शिक्षा समितिबाट आवश्यक कार्यविधि निर्माण गरी विद्यालयको कक्षा थप घट वा समायोजन समेत गर्ने छ । उत्कृष्ट कार्यसम्पादनको आधारमा ३ वटा विद्यालयलाई बिशेष अनुदान उपलब्ध गराउने पनि निति कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै नगरपालिकामा कम्तीमा १ वटा बहुप्राबिधिक शिक्षालय÷पोलिटेक्निक इन्स्टिच्युट स्थापनाको लागि आवश्यक पूर्वाधार विकासको कार्य गर्ने र चाँगुनारायण नगरलाई नमूना शैक्षिक हबको रुपमा विकास गर्न आधुनिक प्रविधि, नवीनतम् शैक्षिक आयामहरुको उपयोग गर्ने नीति लिईने कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै भवन तथा बस्ती विकास तर्फ नगरपालिका क्षेत्रभित्र निर्माण हुने निजी, सामुदायिक, सरकारी÷सार्वजनिक लगायतका सबै किसिमका भवन निर्माणका लागि भवन निर्माण आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।ंं भू–उपयोग योजनामा आधारित व्यवस्थित एवं योजनावद्ध शहरी विकासलाई ध्यान दिईने छ । नगरपालिका तथा सम्बन्धित वडाको पूर्वस्वीकृति विना नगरक्षेत्रमा जग्गा जमीन सम्याउने भूसंरचना विगार्ने वा जग्गा खण्डीकरण गर्ने कार्यलाई निषेध गरिने समेत उल्लेख गरिएको छ ।
त्यस्तै पौराणिक ढुङ्गेधारा÷कुवा÷पोखरी÷पँधेरीहरुलाई संरक्षण गर्ने र नगरपालिका क्षेत्रभित्रका घरधुरीमा सुधारिएको प्रणालीको शुद्ध खानेपानीको पहुँच वढाउन र एक घर एक धारा सुनिश्चित गर्न संघ, प्रदेश तथा बिभिन्न सहयोगी संस्थाहरुसँग समन्वय गरिने पनि उल्लेख गरिएको छ ।










0 Comments