हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार ७ गते
    बुधवार नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान बमोजिम दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट दोश्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पूरा भइ दोस्रो वर्षमा काम गर्दै गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले निर्वाचनको बेला घोषणापत्र मार्फत जनतालाई दिएको वचन एक एक गरी पूरा गर्ने क्रममा छौ भन्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाई, पर्यटन, खानेपानी, पर्ति र सार्वजनिक जग्गा संरक्षण तथा विकास निर्माण प्राथमिकताका विषयहरू रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिहरूले आफ्नो क्षमताले भ्याएसम्म संविधान र प्रचलित कानुनको परिधिभित्र रहेर जनताको सेवा गर्दैजाने बताउँनु भयो ।
    भक्तपुरलाई आजको अवस्थासम्म ल्याइ पु¥याउन नेपाल मजदुर किसान पार्टीका नेता, कार्यकर्ता, स्थानीय जनता, पूर्व जनप्रतिनिधिहरूको निकै ठूलो योगदान छ भन्दै आजको दिन उहाँहरूको योगदानको उच्च सम्मान गर्छौं भनुभयो । उहाँहरूले गर्नुभएको योगदानले निरन्तर जनताको सेवामा समर्पित भएर लाग्न हामीलाई प्रेरणा प्राप्त भएको छ भनुभयो।
    प्रमुख प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, सांस्कृतिक नगर र जीवित सङ्ग्रहालयको रुपमा विकास गर्ने क्रम चालू छ भनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीका श्रद्धय केन्द्रिय अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले भक्तपुरको मौलिकता बचाशई सफा र सुन्दर नगर बनाउन तीव्रता प्रदान ग¥यो भने ‘एक घर एक स्नातक’ अभियानबाट शैक्षिक क्षेत्रमा भक्तपुरमा छोटो समयमा ठूलो परिवर्तन भएको बताउँनु भयो । त्यो अभियान ख्वप विश्वविद्यालय स्थापना गरी देशभरका जनतालाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने अवसरको निम्ति निरन्तर चालू रहनेछ र केही वर्षदेखि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विभिन्न विषयमा स्नातकोत्तर तहको पठनपाठन भइरहेको पानि जानकारी दिनुभयो ।
    उहाँले हाम्रा अग्रजहरूले अगाडि बढाउनुभएको पाइलालाई पछ्याउँदै भक्तपुर नगरलाई देशको नमुना नगर र विश्वकै हेर्नलायक पर्यटकीय गन्तव्यस्थल बनाउन हामी निरन्तर प्रयासरत रहने पनि बताउँनुभयो ।
    कामदार वर्गको हितमा काम गर्न नेपाल मजदुर किसान पार्टीले देखाएको बाटो नै हाम्रो काम गर्ने मार्गचित्र हो भन्दै निःस्वार्थ रुपले देश र जनताको सेवा गर्नु नै राजनीति हो भन्ने विचारबाट दिक्षित हामी जनप्रतिनिधिहरू जनताका आधारभूत समस्याहरू समाधानको निम्ति प्रयासरत रहेको बताउँनुभयो ।
    
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).