हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पुष २५ गते
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट स्थित राम प्रसाद थपलियाको घरमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएको हो । ६५ बर्षीय थपलियाको २.५ तल्ले घरको भर्याङसँगैको भान्छा कोठामा ग्याँस सिलिन्डर लिक भई एकासी बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटबाट भान्छा कोठको वाल, झ्यालको सिसा लगायत पार्किङमा रहेको गाडीको सिसा फुटेको र थपलियाका श्रीमती समेत घाइते भएको प्रहरीले जनाएको छ । घाईते थपलियाकी श्रीमती तारा घले थपलियाको अवस्था सामान्य रहेको र घट्नाको थप अनुसन्धनाको लागि नेपाली सेना र नेपाल प्रहरी कुकुर सहितको टोली घट्ना स्थलको अनुसन्धान गरिरहेको प्रहरि परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जनाएको छ ।   
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).