2020-12-09 22:38:56
गुणस्तरहीन लिचि जुस बजारमा
सेल्स म्याक्स कम्पनीले गुणस्तरहीन लिची जुस बजारमा बेचेको पाइएको छ। झापामा रहेको सम्भवी फुड एण्ड बेभरेज कम्पनीले उत्पादन गरेको लिची जुसलाई काठमाडौंमा होलसेल डिलर सेल्स म्याक्स कम्पनीले बिक्रीवितरण गरिरहेको छ। यसैले बेचेको जुस गुणस्तरहीन भएको पाइएको हो।
उपभोक्ताले आफूले खरिद गरेको जुस गुणस्तरहीन भएको गुनासो गरेपछि डिसीनेपालले यस विषयमा काठमाडौंमा बजार व्यवस्थापन गर्ने कम्पनी सेल्स म्याक्ससँग बुझ्दा पहिले कम्पनीका प्रतिनिधिले सुरुमा डिसीनेपालको कार्यालयमै आउने बताएका थिए। तर, लगत्तै उनको बोली फेरिँदै गयो। पछि उनले आफू सामान्य कर्मचारी मात्रै भएको र यो बिषयमा धेरै जानकारी नभएको भन्दै पन्छिन खोजे











0 Comments