2022-10-22 06:56:21
तःमारीमा रहने तिहारको फलफुल बजार योसींःख्योमा नभई सिद्धी स्मृतिसँगै खसी बजारमा सरेको छ ।
ख्वप कात्र्तिक ५ गते २०७९
भक्तपुर तःमारीको बजार यो बर्ष देखि सिद्धी स्मृतिको उत्तर पट्टि रहेको खसी बजारसँगै बिगतमा फोहरबाट मल बनाउँने ठाउँमा सारेको छ । भक्तपुर नगरपालिकाले तिहारमा लाग्ने बजार यो बर्ष देखि वडा नं.५ योसींःख्योमा नभई खसी बजारसँगै रहेको पहिला जर्मन प्रोजेक्टले फोहरबाट मल बनाउँने ठाउँमा सारेको हो ।
सो स्थानमा आजबाट तिहारको लागि चाहिने मसला, फलफुल लगायतका सामानहरु बेच्ने ब्यापारीहरुले सामान झारी सकेको छ । बिगत सयौं बर्षदखि ब्यापार गर्दै आएको तःमारी चोकमा उपत्यका लगायत छिमेकी जिल्लाबाट तिहारको लागि चाहिने सामानहरुको बेचबिखन गरिन्थ्यो । समय परिवर्तनसँगै भक्तपुरमा यातायतका साधान बढे पछि तःमारी चोकमा आवत जावतमा समस्या आएको हुनाले नगरपालिकाले यो बर्षदेखि बजारलाई गयःभिद्य सँगै रहेको सो खाली ठाउँमा सार्ने सूचना एक हप्ता अघी नै जारी गरेको हो । आजबाट भोगटे, सुन्तला, बिमिरी, हलुवाबेद, ओखर, नरिवल, फुलहरु लगायत तिहारलाई चाहिने सामान सबै उपलब्ध हुने गरि ब्यापारीले सामान झार्दै छ । ब्यापारीहरु आफुले हिजो अस्तिै नाम लेखाएको नगरपालिकाले ब्यवस्थित बनाएको ठाउँ खोज्दै सामान झार्दै छन् । 













0 Comments