हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप असोज १२ गते २०७९
भक्तपुरमा यात्रुहरुको गुनासो धेरै भएपछि सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन गर्ने निर्णय गरिएको छ । चाडबाडमा यात्रामा हुनसक्ने यात्रुको असहजता अन्त्यको लागि सिडिओ रुद्रादेवी शर्माको अध्यक्षतामा भक्तपुर जिसस हलमा मंगलवार बसेको यातायात व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो । अरनिको राजमार्गको जगाती लगायतका स्थानमा यात्रु सहायता कक्ष रहने र यसले यात्रीलाई परेको समस्यालाई तत्काल समाधान गर्ने बैठकमा बिश्वास व्यक्त गरिएको छ । बैठकबाट सार्वजनिक यातायातको भाडामा गुनासो भएमा, दुर्व्यवहार वा सास्ती व्यहोर्नु परेमा गुनासो गर्नका लागि प्रत्यक गाडीमा प्रहरीको नम्बर अनिवार्य टास गर्नुपर्ने व्यवस्था गरेको छ । जनपद प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सार्वजनिक यातायातले यात्रीले देख्ने गरी सूचना राख्नुपर्ने बैठकमा निर्णय भएको सहायक सिडिओ शर्माले जानकारी दिनुभयो ।


बैठकमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले सार्वजनिक यातायात प्रत्येक्ष जनतासंग जोडिएकोले नाफामुखी मात्र हुनु नहुने  बताउनुभयो । उहाँले चाडपर्वको अवसर पारेर यात्रुलाई ठग्ने, दुर्व्यवहार गर्ने र अलपत्र पार्ने यातायात व्यवसायीलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्ने पनि बताउँनुभयो । भक्तपुर हुँदै उपत्यका बाहिरिने सवारी साधनको चापका कारण हुनसक्ने जामलाई हटाउन विशेष योजना बनाउने बताउँदै सीडीओ शर्माले त्यसका लागि बैकल्पिक मार्गको अध्ययन गरिने र सम्भव भएसम्मको व्यवस्था गरिने पनि बताउँनुभयो । सिडिओ शर्माले भक्तपुरका यातायात व्यवसायीलाई उपत्यका बाहिर जाने सवारी साधनको अनिवार्य बीमा लगायत कागजपत्र दुरुस्त राख्न, क्षमता भन्दा बढी यात्रु नबोक्न, बढी भाडा असुल नगर्न र प्राविधिकरुपले शंका लागेका सवारी सडकमा नगुदाउन निर्देशन समेत दिनुभयो।

सहायक सिडिओ माधवप्रसाद शर्माले चाँडवादमा यातायात लगायत बिभिन्न समस्याहरु हुन्न सक्ने भएकाले उसको समाधानका लागि गरिने २० वटा निर्णय भएका बुढाहरु पढेर सुनाउँनु भयो  । बैठकमा भक्तपुर ट्राफिक कार्यालयका प्रमुख राजु कार्कीले चाडपर्वमा जिल्लाको ट्राफिक व्यवस्थापनबारे योजना सुनाउनु भयो भने यातायात व्यवस्था कार्यालयका प्रमुखले दशैको लागि उपत्यका बाहिर जाने सवारीले पटके पास लिन नपर्ने जानकारी गराउनुभयो।

बैठकमा सशस्त्र प्रहरी बल नं.२२ गणका गणपती नरबहादुर रावतले यात्रुले बस कुर्नुपर्नेमा बसले यात्रु कुर्दा सडकमा समस्या भएको बताउनुभयो भने जिल्ला प्रहरी प्रमुख एसपी पराजित केसीले यातायात व्यवस्थापनका लागि सडक कार्यालय र स्थानीय सरकारको समेत सहयोग रहनुपर्ने आवश्यकता औल्याए ।

बैठकमा उपभोक्ताकाबादी नेता मनोज थापा, भक्तपुरको दुइ वटा यातायात व्यवसायीका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, सडक कार्यालय लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).