2022-09-19 14:39:11
ईन्दिरा लाछिमस्युको जीवनीमा आधारीत नोपाल भाषामा बन्ने ईन्दिरा धिमे मैचा फिल्मको आज शुभमुहर्त गरियो ।
ख्वप असोज ३ गते २०७९
भक्तपुर निवासी महिला धिमे बादक ईन्दिरा लाछिमस्यूको जीवन आधारित नेपाल भाषामा ईन्दिरा धिमे मैचा फिल्मको शुभमुहुर्त आज भक्तपुरमा भनपा नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।

बिके फिल्मस् को ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको निर्देशन रहने छ भने प्रस्तुतकर्ता गोपाल काजी कायस्थ निर्माता सुरेन्द्र शाक्य हुन् । निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने जनाएको छ । फिल्मको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ । नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ आगामी असोज १० गते बाट छायांकन शुरु गर्ने निर्माण टीमले जानकारी गराए ।


फोटो प्रकाश मल्ल











0 Comments