2022-09-10 11:19:44
४ करोड २४ लाख नाफा कमाउँदै शुभकामना साकोसको २२ औं साधारणसभा आज सम्पन्न ।
ख्वप भाद्र २५ गते २०७९
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुरले आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड २४ लाख भन्दा बढी नाफा कमाउँदै २२ औं वार्षिक साधारणसभा भाद्र २५ गते शनिबार शुभकामना पार्टी प्यालेसमा सम्पन्न भयो ।
‘आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीका लागि शुभकामना मूल नारासहित वि.सं. २०५७ सालमा भक्तपुरको नासमना टोलमा स्थापना भएको सो सहकारको २२ औं साधारणसभा भक्तपुरमा आज सम्पन्न भएको हो ।
सहकारीले एसियाली ऋण महासंघ (अक्कु) बाट ऐक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड २४ लाख ३८ हजार ९६५ रुपैयाँ नाफा गरेको साधारण सभामा सहकारीका कोषाध्यक्ष बलराम श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा कोषाध्यक्ष श्रेष्ठले यो आिर्थक वर्षमा अनुमानभन्दा ३.५४ प्रतिशतले नाफा वृद्धि गरेको पनि जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा सहकारीका सचिव पुष्पलाल तिमिलाले सहकारीमा गत वर्ष ८ हजार ३ सय ५ सदस्य रहेकोमा यो वर्ष महिला ४ हजार २४७, पुरुष ३ हजार ८ सय ८०, ९ वटा संस्था र ६ सय ७९ बाल बचतकर्ता गरी कूल ८ हजार ८ सय १५ जना सदस्य पुगेको जानकारी दिनुभयो । साधारण सभा कार्यक्रममा सहकारीमा उत्तम कारोबार गर्ने उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीका साथै ज्येष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नेफस्कुनका सदस्य जनक खत्री, राष्ट्रि सहकारी बैंका अध्यक्ष केबी उप्रेती, जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्कालगायतले शुभकामना दिँदै अहिले सहकारी क्षेत्रमा आइरहेको विचलनलाई कम गर्ने नीति अबलम्बन गराउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष रामप्रसाद कासुलाले सहकारीलाई दीगो बनाउने नीति तथा कार्यक्रम तय गरिएको बताउँनुभयो । अध्यक्ष कासुलाले सहकारीलाई सुव्यवस्थित समुदायमा आधारित सहकारी बनाउन आफूहरु कटिवद्ध रहेको पनि बताउँनुभयो ।











0 Comments