हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र २३ गते २०७९ 
भक्तपुरको मध्यपुर थिमि न.पा.वडा नं. ५ राधेराधे स्थित ईजी वे ट्रायल सेन्टरबाट नक्कली नागरिता र प्रबेशपत्रसहित ५ जना ब्यक्तिलाई पक्राउ गरेको छ । लाईसेन्सको लागि ट्रायल दिने अन्य ब्यक्तिहरुको नक्कली नागरिकता र नक्कली प्रवेश पत्र बनाई ट्रायल दिने कार्यमा संलग्न हुदै आईरहेको पाँच जनालाइ बिभिन्न समयमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले जियन्त्रणमा लिएको हो । पक्राउ परेका ब्यक्तिहरुबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिई मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली न.पा. ११ टाँडी घर भई हाल चाबहिल काठमाण्डौ बस्ने बर्ष २०को मनिष श्रेष्ठ, सिन्धुली दुधौली न.पा ४ घर भई हाल काठमाण्डौ तिनकुने बस्ने बर्ष २० मनिष लामिछाने, कालिकोट महाई गा.पा.१ घर भई हाल भक्तपुर कटुञ्जे बस्ने बर्ष २४को ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली न.पा १४ घर भई हाल भक्तपुर कटुञ्जे बस्ने बर्ष २१को टुल्कु सिं तामाङ र गोरखा भिमसेन स्थान गा.पा. १ घर भई भक्तपुर कटुञ्जे बस्ने बर्ष २२को राज कुमार श्रीमल गरि ५ जनालाई पक्राउ गरेको परिसरले जनाएको छ ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).