2022-09-08 04:39:35
सल्लाघारी थित राजर्षि गुरुकूल स्कुलमा गरिएको पौडी प्रतियोगिता सम्पन्न ।
ख्वप भाद्र २३ गते २०७९
भक्तपुर नगरपालिका वडा नं.१ सल्लाघारीस्थित राजर्षि गुरूकूल स्कूलमा पौडी प्रतियोगिता भएको हो। स्कूलले आयोजना गरेको पौडी प्रतियोगितामा सहभागी विद्यार्थीका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि पौडीमा रमाएका छन् ।शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सो स्कूलले अन्तर स्कुलव्यापी स्वीमिङ प्रतियोगितामा गरिएको हो । सहभागी विद्यार्थीहरुले पौडीले आफूहरुमा छुट्टै खालको स्फुर्ति दिएको बताएका छन् । प्रतियोगितामा सहभागी आरोही निरौलाले पौडीमा आफ्नो रुचि भएको बताउँदै सो रुचिलाई स्कुलले पूरा गरिदिएको बताईन भने त्यस्तै कक्षा ४ का अदिसी सराफ, कक्षा ५ की विधात्री घिमिरेले पनि पौडी खेल्न पाउँदाको खुसी बेग्लै रहेको अनूभूति भएकोमा खुशी ब्यक्त गरे ।_1662611930.jpg)
बिद्यार्थीहरुले स्कुल बिदामा अन्य ठाउँमा गएर पौडीको अभ्यास गर्ने गरेको बताउँदै विद्यालयकै पोखरीमा पौडिएर आफ्नो सीप देखाउन पाउँदा खुसी लागेको बताएका थिए ।
जीवन रक्षाका लागि समेत आवश्यक सीपमध्येमा पर्ने पौडी बिद्यार्थीहरुलाई खेल्न सिकाउन लागि पनि सो प्रतियोगिता गरिएको विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले बताउनुभयो । प्रिन्सिपल श्रेष्ठले पौडीप्रति विद्यार्थीको रुचि बढाउन तथा पौडीका कारण विद्यार्थीमा पुग्ने फाइदाको अनुभूति सिकाउन समेत सो प्रतियोगिता गरिएको बताउँनुभयो । विद्यार्थीहरुको मानसिक र शारीरिक क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरेको स्कूलले जनाएको छ । प्रतिस्पर्धामा विजयी विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख पौडी प्रशिक्षक शंकर कार्की, विद्यालयका संस्थापक राजेश चौधरी र विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले मेडल, प्रमाण पत्र र ट्रफी वितरण गरेको थियो ।
उक्त कार्यक्रममा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की, अर्थशास्त्री जय बञ्जाडे, विद्यालयका सल्लाहकार बिकेमान सिंहलगायतका अतिथिहरुले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि राजर्षि गुरुकूलले गरेको प्रयासको प्रशंसा गरेका थिए । वक्ताहरुले स्कूलले शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकता दिँदै आएको उल्लेख गर्दै भोलिका कर्णाधारका रुपमा रहेका विद्यार्थीको भविष्यका लागि पढाइसँगै खेलकुद जरुरी रहेकाले विद्यालय तहबाटै खेलकुदमा लगानी गर्नुपर्ने बिषयमा पनिचर्चा गरिएको छ ।











0 Comments