2022-09-07 15:27:52
थर्ड ओपन कराँते च्याँपियनशिप २०२२ प्रतियोगितामा नेपाललाई अन्तर्राष्ट्रिय पदक तर सरकार बेखबर ।
ख्वप भाद्र २२ गते २०७९
थर्ड ओपन कराँते च्याँपियनशिप २०२२ प्रतियोगितामा नेपाली खेलाडीले स्वर्ण र कास्य पदक जित्न सफल भएको छ । थाइल्यान्डको फुकेटमा सम्पन्न २१ वटा राष्ट्रका खेलाडीबीच भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका दुई खेलाडीले पदक हासिल गरेको थियो ।
४५ केजी तौल समूहमा साइमन श्रेष्ठले स्वर्ण पदक र मोहम्मद सेखु आलमले ८४ केजी मुनीको तौल समूहमा कास्य पदक हासिल गरेका थिए ।
सो सफलतालाई प्रशंसा गर्दै सोमबार भक्तपुरमा ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन र भादगाउँ स्पोर्टस एण्ड लाउन्जले दुबै खेलाडीलाई नगदसहित सम्मान गरेको थियो भने प्रशिक्षक सन्तोष चाम्लिङसमेतलाई पनि नगदसहित सम्मान गरेको थियो।
उक्त सम्मान कार्यक्रममा नेपाल कराते महासघका पूर्व अध्यक्ष तथा केन्द्रीय ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष र अन्तर्राष्ट्रिय रेफ्री, विशिष्ट प्रशिक्षक आनन्दु लामा, जिएनकेओका ग्लोबल प्रतिनिधि तथा बिसएलका संस्थापक सुरेन्द्र भेले, सिनियर खेलाडी तथा प्रशिक्षक मनोज हाडा र रोशन प्रजापतिलगायतले दुबै पदकधारी खेलाडीलाई सम्मान गर्दै सरकार र खेलकुद परिषदले प्रतिभावान् खेलाडीलाई उचित स्थान नदिएको गुनासो गर्नुभएको थियो। सम्मन कार्यक्रम सुर्यविनायक नपा वडा नं. ८ लाकिला स्थित भादगाउँ स्पोर्टस एण्ड लाउन्जको हलमा भएको थियो । कार्यक्रममा ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले आर्थिक अवस्था कमजोर भई पढ्न नसकिएका बिद्यार्थी तथा खेलाडीहरुलाई अर्गनाइजेसनले सहयोग गर्ने गरेको पनि जानकारी दिएको छ ।










0 Comments