हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

बीमा कम्पनीहरुले फेरि अलटाल गरेका छन्। कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ। सात दिनभित्र दाबी भुक्तानी गर्न यसअघि दिइएको निर्देशन पालना नभएपछि अर्को निर्देशन दिनु परेको अर्थ मन्त्रालयले जनाएको छ।

तर बीमा कम्पनिले महिनौं नाग्दा समेत भुक्तानी दिएका छैनन्। नियामक निकाय बीमा समितिले भने आफैले बनाएको नियम तथा मापदण्डको उलंघन गर्ने बीमा कम्पनिलाई कारवाही गर्ने हिम्मत सम्म गरेको छैन।

 

तर अहिलेसम्म न कम्पनीले टेरेका छन् न त भुक्तानीमा अलटाल गर्ने कम्पीनलाई बीमा समितिले कुनै कारवाही प्रक्रियानै अघि बढाएको छ। बरु प्रमाणिकरण गर्न समय लाग्ने भन्दै समिति कम्पनीकै पक्ष लिएर आलटाल गरिरहेको छ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).