2022-09-07 14:48:02
ललितपुरको महालक्ष्मी नगरपालिका लामाटार स्थित झरना हेर्ने आन्तरिक पर्यटक बढ्न थाले ।
ख्वप भाद्र २२ गते २०७९
ल्लितपुर जिल्लाको महालक्ष्मी नगरपालिका लामाटारमा रहेको झरना हेर्ने आन्तरिक पर्यटकहरु बढ्न थालेको छ । यसरी जान सकिन्छ झरना हेर्न । लोकल बस या आफ्नै यातायतका साधनबाट ललितपुरको ग्वार्कोबाट करिव ११ किलोमिटर अन्दाजी ३४ मिनेटको बाटो र भक्तपुरको कौशलटारबाट पनि ११ किलोमिटर करिव ३६ मिनेटकोमा पुग्नसकिन्छ । झरनासम्म पुग्न भने करिव १५ देखि २० मिनेट हिड्नु पर्छ ।
झरनाबाट बगिएको पानीसँग खेल्दै खोल्सै खोल्साबाट माथि उक्लिनु पर्छ । झरनासम्म पुग्ने ब्यवस्थित बाटो नभएकाले करिव १५, २० मिनेट खोल्साबाट हिड्नु पर्ने बाध्यता छ तर हल्का गार्हो भए पनि रोमान्चक यात्राको अनुभव भने भिन्दै मज्जा र आनन्दित आउन्छ । घाम नलाग्ने खोंचमा रहेको झरनामा ५,६ जनासँगै बसेर झरनाको पानीमा रमाउँन सकिन्छ ।










0 Comments