हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र १८ गते २०७९
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले सिरुटारको बिरुवामा आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै सभापति बाँनियाले समानुपातिक समानुपातिक प्रणाली खारेज गर्नु पर्ने बताउँनुभएको हो । उहाँले समावेशी प्रतिनिधित्व हुने गरी राष्ट्रिय सभाको सदस्य संख्या बढाएर प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको हो । प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचन पद्धतीबाट चुन्ने र राष्ट्रिय सभाको ५९ सदस्य संख्या बढाएर एक सय पुर्याएर पूर्ण समावेशी र समानुपातिक बनाउने नीतिमा कांग्रेस अघि बढ्नु पर्ने पनिउहाँले भन्नुभयो । उाहाँलेलोकतन्त्र र गणतन्त्रलाई बदनाम गर्ने गणतन्त्र विरोधीहरुले प्रदेश सभा राष्ट्रलाई भारी भयो भन्दै संघीयतालाई खारेज गर्नुपर्ने बताउँदैं आएको तत्वलाई निस्तेज बनाउन पनि आगामी निर्वाचनमा गठबन्धनले दुई तिहाई बहुमतले जितेर संविधान संशोधन गरी प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्ने नीति लिनुपर्ने सुझाव  दिनुभयो । उहाँले निर्वाचनका उम्मेदवारले जनताको बीचमा भ्रम सृजना गर्ने तत्वहरुलाई जनताको बीचमै भण्डाफोर गर्न सके मात्र निर्वाचनमा जित हासिल गर्न सकिने बताउनुभयो । उहाँले उम्मेदवारको टिकट पाउन सफल भएकाले टिकट नपाएका सहभागी सबैको मन जितेर, मनलाई मिलाएर लान सक्नुपर्छ भन्नुभयो । उहाँले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको जित पनि लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदैं जनताले विश्वासको बिश्वास जीत्न सक्ने जो कोहीलाई कार्यकारी पदमा पुर्याउनु नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।


निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयी हुनु दलहरुका लागि ठुलो चुनौती भएता पनि विगतमा गरेका गल्ती सच्चिने मौका भएको बताउनुभयो । उहाँले निर्वाचनमा जनता भनेको फैसला गर्ने न्यायधिश र उम्मेदवारलाई वकिलको संज्ञा दिँदैं जनताले स्वतन्त्रको पक्षमा गरेको फैसला दलहरुले स्विकार गरेर, आफ्ना गल्ती कमजोरी सच्याएर अघि बढ्नुपर्ने पनि  बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस भित्र एउटै नेताले वडादेखी संघीय संसदको टिकट दावी गर्ने प्रवृत्तिले गर्दा यसलाई व्यवस्थापनमा असजिलो भएको बताउनुभयो । उहाँले कांग्रेस भिजन र मिशनका साथ अघि बढिरहेको चर्चा गर्दै कांग्रेसले नयाँ पुस्ताको आकांक्षा र पुराना पुस्ताको त्याग तपस्या र ईतिहासलाई फ्युजन गरेर अघि बढ्ने बताउनुभयो । सभापति थापाले कर्णालीमा तुईन मार्फत जोखिम मोलेर नदि तर्नुपर्ने अवस्थामा भक्तपुरको साँगामा हाइवे माथि झोलुंगे पुल निर्माण गरेर विकासको मोडल भनेर जनतामा भ्रम छर्ने काम गरेको बताउँदैं त्यस्ता विकासको नाममा गरेको कामले निश्चित व्यापारीलाई मात्र फाइदा पुग्ने काम गरेको आरोप लगाउनुभयो ।

त्यस्तै बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले विगतमा भक्तपुरमा विकासका नाममा भू–माफिया पोस्ने कार्य मात्र भएको आरोप लगाउनुभयो । उहाँले आफु मन्त्री भए पछि अहिले जनताले विकासको अनुभुती हुने गरी यसवर्ष प्रदेश सरकारबाट बजेट विनियोजन गरेको दावी गर्नुभयो ।
कार्यक्रम सुर्यविनायकका नगरसभापति निशान ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापतिद्धय जीवन खत्री र भेषबहादुर कार्की, पुर्व जिल्ला सभापति एवम् पुर्व सांसद लेखनाथ न्यौपाने, मध्यपुर थिमि नगर सभापति हरिदास प्रजापति, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। २ ९क० प्रदेश समिति सभापति प्रदिप कार्कीलगायतले आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन कांग्रेस एकजुट भएर निर्वाचनमा होमिनु पर्ने बताउनुभयो ।
१८ र १९ गते गरि दुई दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन आइतवार विभिन्न कार्यपत्र माथि छलफल गरी पारित गर्ने नगरसभापति ढुंगेलले बताउनुभयो । सम्मेलनमा सूर्यविनायक नगरसमिति अन्तर्गतका १० वडाका क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमितिका पदाधिकारी, टोल इकाई समितिका सभापति, नगर समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधिगरी करिव ४ सय जनाको सहभागिता रहेको आयोजक समितिले जनाएकोछ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).