2022-08-27 06:22:28
भक्तपुर जिल्ला व्यापी पाँचौं मिस्टर भक्तपुर २०७९ विजेता खेलाडीलाई रु १ लाख पुरस्कार दिने ।
ख्वप भाद्र ११ गते २०७९
स्वास्थ्यका लागि खेलकुद रायष्ट्रको खेलकुद भन्ने मूल नाराका साथ भक्तपुरमा भक्तपुर जिल्लाव्यापी पाँचौं मिस्टर भक्तपुर २०७९ को प्रतियोगिता हुन लागेको छ । भक्तपुर शारीरिक सुगठन तथा फिट्नेस् संघले शनिवार गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता आगामी भाद्र १७ गतेबाट हुन गईरहेको प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख सहित पाचौं मिस्टर भक्तपुर २०७९ को उपाधि तथा ट्रफीले समान गरिने जनाईएकोछ । त्यस्तै प्रतियागितामा दोस्रो देखि छैठौंसम्मका विजेताहरुलाई नगद रु.४० हजार, ३० हजार, २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने आयोकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । त्यस्ते दोस्रो महिला फिजिक्स तर्फ प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई ट्रफिका साथै नगद रु ३० हजार, २०हजार र १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा भक्तपुर जिल्ला भित्रका बिभिन्न क्लव, संघ संस्थाबाट एउटा वजन समूहवाट बढीमा २ जनो गरि १२ जना खेलाडीहरु र एक जना टीम मेनेजरले प्रतियोगितामा प्रतिनिधित्व गर्न पाईने छ भने करिव ६० जना खेलाडीको सहभागी हुने संघले अनुमान गरिएको छ । प्रतियोगिता जम्मा ६ वटा समूह अन्तर्गत खेलाईने छ । जसमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथिको समूह बीच प्रतिस्पर्धा गराईने छ ।
प्रतियोगिता भाद्र १७ गते शुक्रवार प्रि जज्जिङ्ग राउण्ड अन्तर्गत मिस्टर भक्तपुर प्रतियोगिताको शुरु गर्ने छ । प्रि जज्जिङ्ग राउण्डबाट प्रत्येक वजन समूहबाट जम्म ५ जना खेलाडीहरु र दोस्रो दिन भाद्र १८ गते शनिवारको दिन फाईनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्धितिय, र तृतिय हुने लाई क्रमश स्वर्ण, रजत तथा कास्य पदक एवं प्रमाण पत्रले सम्माणित गर्ने छ भने चौठा. र पाचौं हुने खेलाडीलाई प्रमाण पत्र प्रदान गर्ने आयोजक संघले जनाएको छ ।
त्यस्तै महिला फिजिक्स बिधा अन्तर्गत दोस्रो महिला फिजिक्स तर्फ भाद्र १७ गते प्रि जज्जिङ्ग राउण्ड अन्तर्गत जम्म ५ जना खेलाडीहरुले दोस्रो दिनको फाइनल राउण्डको लागि छनोट गरिने छ । फाइनल खेलको प्रतिस्पर्धाबाट प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई स्वर्ण, रजत र कस्य पदक एवं प्रमाण पत्र प्रदान गरिने छ भने चौठो र पाचौं हुनेलाई प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको प्रि जज्जिङ्ग शुक्रवार भक्तपुरको ब्यासी स्थित क्लब डिस्पाराडो ब्यासीमा हुने छ भने फाइनल खेल शनिवार थिमि बैंक्वेट मध्यपुर थिमिमा हुने छ ।











0 Comments