2022-08-26 08:18:28
कुत पिकाक ख्वपको आयोजनामा कवि अपर्णा प्रधानका चार पुस्तक एउटै मञ्चबाट लुभुमा बिमोचन ।
लुभु ललितपुर भाद्र १० गते २०७९
नेपाल भाषा साहित्यमा महिला लेखिका मध्ये बहुआयामिक व्यक्तित्वले सम्पन्न साहितिक प्रतिभाका धनि व्यक्ति हुन अपर्णा प्रधान । उहाँ लघुकथा (चिःबाखंमी, निबन्धकार, उपन्यासकार तथा समोलोचकको रुपमा परिचित प्रधानका चार वटा पुस्तक बिहिवार एउटै मञ्चवाट बिमोचन गरेको छ । उहाँको जन्मदिनको अवसर पारेर कुतः पिकाक ख्वपको आयोजनामा भाद्र ९ गते बिहिवार ललितपुरको महालक्ष्मी नगरपालिकाको लुंभु स्थित महालक्ष्मी बैक्वेटमा नेपाल भाषाको लघुकथा संग्रह (चिबाखं मुना) ”यान्त्रिकपुर” र ”ल्वहँ द्यः” आत्मावृत्तान्त ”पुनर्जन्म” र समालोचना संग्रह ”प्रतिविम्व” चार वटा पुस्तक एकै चोटी बिमोचन गरेको हो ।
बिमोचन कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले आजको कार्यक्रममा चार वटा किताब बिमोचन गरेकोमा र यस्तो राम्रो काममा आफुलाई प्रमुख अतिथि बनाउँनु भएकोमा कवि प्रधानलाई र कुतः पिकाक ख्वपलाई आभार व्यत्त गर्दै बधाई तथा धन्यवाद दिनु भयो ।
उहाँले नेपाल भाषाका बिभिन्न बिषयका लेख रचनाहरु निकाल्नलाई नगरपालिकाले सहयोग गर्ने बताउँनु भयो । नगर प्रमुख श्रेष्ठले देशकै गहनाका रुपमा रहेका लेखक प्रधान आफ्नो नगरपालिकामा बस्न आउनु भएकोमा गर्व महसुस भएको बताउँदै उहाँको घरसम्म पुग्ले बाटो तत्काल पीच गरिदिने पनि बताउँनु भयो । त्यस्तै कार्य्रममा लघु कथा संग्रहमा टिप्पणी गर्दै नेपालभापा एकेडेमीका महासचिव डा. पुष्पराज राजकर्णिकारले यान्त्रिकपुर पुस्तक भित्रको लघु कथामा लेखकले बहुत मार्मिक ढंगले नयाँ पुस्ता विदेखिने क्रम बढेको विषय उत्थान गरेको प्रत धन्यवाद दिँदै यसलाई सरोकारवाला पक्षले बेलैमा ध्यान दिनु आग्रह पनि गर्नुभयो । कार्यक्रमका सभापति तिलक प्रसाद कायष्ठले नेवाः समुदायले नै आफ्ना सन्तानहरुलाई घरमा नेपाल भाषा नसिकाउँदा र परिवारमा नेपाल भाषा नबोल्ने देख्दा आफुलाई दुःख लागेको बताउँनु भयो । सबै नेवाःहरुले घरमा सबैलाई नेपाल भाषा सिकाउँनु पर्ने भन्दै अझ सकेसम्म अन्तराष्ट्रियमा नेपालको पहिचानको रुपमा रहेको रञ्जना लिपि सिकाउनु पर्ने बताउँनु भयो ।
नेपालभाषा, नेपाली, अंग्रेजी भाषा गरि तिन वटा भाषामा र यो ४ वटा समेत गरि १७ बर्षमा २९ वटा किताब निकाली सक्नु भएको छ । नेपाल भाषामा सबै भन्दा धेरै लेख रचनाका किताव निकालिने लेखिकाको रुपमा समेत परिचित भईसकेको नाम हो अपर्ण प्रधान ।











0 Comments