हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड माग गरेको छ।

वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड माग गरिएको विभागले जनाएको छ। यो वर्ष गत वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए।

 

उनका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति पुगेको छ। यी सडक पूरै बिग्रिएकाले सामान्य मर्मतले नपुग्ने उनको भनाइ छ। उनले भने, “सामान्य मर्मतले मात्रै नहुने हुँदा हामीले थप रकम माग गरिएको हो।”




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).