2022-08-23 06:05:35
कवि तथा गायक राजेशमान के.सी.का कविता र लेखसम्बन्धि चार कृति एकै पटक बिमोचन ।
ख्वप भाद्र ७ गते २०७९
सिर्जना अभियान समाजको आयोजनामा शोमवार कवि तथा गायक राजेशमान के.सी.का कविता र लेखसम्वन्धि चार कृति एकै पटक बिमोचन गरिएको छ । बिमोचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्थानका सदस्य सचिव जगत प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भक्तपुर सल्लाघारी सिर्जना नगर स्थित मोर्डन कलेजमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सदश्य सचिव उपाध्यायले एकै चोटी चार कृति बिमोचन गरेकोमा कवि तथा गायक केसीलाई बढाई दिनु भयो । उहाँले लेख रचनामा मन छुने गहकिलो शब्दहरु प्रयोग गरि लेख्न सके अझ राम्रो हुने पनि बताउँनुभयो ।

त्यस्तै चार वटै कितावका समिक्षक द्धय युवराज मैनाली र शुवास चन्द्र ढुङ्गेलले कितावहरु धेरै राम्रो भएको बताउँदै लेखनमा केहि कमजोरी भएको बताउँनु भयो । उहाँहरुले यसमा भएका कमी कमजोरीलाई आगामी संस्करणमा सच्याएर अझ राम्रो बनाउँन सुझाव दिनु भयो । त्यस्तै कार्यक्रामा कृतिका श्रष्टा राजेशमान के.सी.ले नेपाल प्रज्ञा प्रतिस्थानका सदस्य सचिव जगत प्रसाद उपाध्यायको हातबाट र बिभिन्न बिधाका अग्रज श्रष्टाहरुको माझ बिमोचन गराउन पाएकोमा धेरै खुशी लागेको बताउँनु भयो । आफ्नो पहिलो प्रयास भएकाले बिभिन्न यसता कमी कमजोरीहरुलाई आगामी लेख रचनाहरुमा सुधार गर्दै जाने बताउँनु भयो । जागीरबाट अवकाश पछिको अवको बाकी जिवन साहित्य लेखनमा बिताउँने बताउँनुभयो । कार्यक्रममा उहाँले आफ्नै रचना र स्वरमा रेकर्ड गरिएको गित पनि गाएर सुनाउनुभयो । कार्यक्रममा सिर्जना अभियान समाजका अध्यक्ष ध्रुव मधिकर्मीले स्वागत मन्तव्य दिनु भएको थियो भने बिपिनचन्द्र बनेपालीले उद्घोषण गर्नुभएको थियो ।











0 Comments