2022-08-23 05:24:40
राष्ट्रिय विभूति शंखधर साख्वास् प्रतिष्ठानको चौथो अधिवेशनबाट ज्ञानराम श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा चयन भएको छ ।
ख्वप भद्र ७ गते २०७९
सोमबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको १६ र १७ औं साधारणसभा तथा चौथो अधिवेशनले ज्ञानमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । नयाँ कार्यसमितिमा उपाध्यक्षमा सुरेश प्रधान, सचिवमा बाबुकाजी सास्छें, सहसचिवमा विनोद कोजु र कोषाध्यक्षमा अञ्जनादेवी मधिकर्मी चयन भएको छ भने सदस्यहरुमा दिलकृष्ण प्रजापति, रमेश उखा श्रेष्ठ, सूर्यकृष्ण थापा श्रेष्ठ, पञ्चकृष्ण श्रेष्ठ र रामकेशरी श्रेष्ठ चयन भएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वास्ले जनताको नाममा स्थापना गरेको नेपाल संवतको प्रचार–प्रसार, साख्वाको योगदान चिरस्मरणीय गर्नेलगायतका उद्देश्यले १७ वर्षअघि मध्यपुर–थिमिमा स्थापना गरेको थियो । प्रतिष्ठानले नेपाल सम्वतको नया बर्षका दिन हरेक वर्ष प्रधानमन्त्रीलाई आमन्त्रण गरी साख्वास्को प्रतिमामा माल्यार्पण गराउने गरिन्छ ।
प्रतिष्ठानको १६ औं र १७ औं साधारणसभा सोमवार चाणक्य कलेजमा भक्तपुर क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको सभामा प्रदेश सांसद डा। राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं पूर्वनगरप्रमुख मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर लगायतले नेपाल संवत र शंखधर साख्वास्को योगदानको बिषयमा चर्चा गर्नुभएको थियो ।
साधारण सभा कार्यक्रममा संस्थाका सचिव ज्ञानकृष्ण श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेश प्रधानले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।











0 Comments