2022-08-21 07:46:44
नवौं राष्ट्रिय खेलकुद २०७९को लागि भक्तपुरमा खेलाडी छनोट अन्ति चरणमा ।
ख्वप भाद्र ५ गते २०७९
नवौं राष्ट्रिय खेलकुद २०७९को लागि भक्तपुरमा जिल्ला स्तरीय खेलाडी छनोट अन्तिम चरणमा पुगेको भक्तपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाले बताउँनुभयो । अध्यक्ष थापाका अनुसार बास्केट बल, टेबुलटेनिस, बुद्धिचाल खेलका खेलाडीहरुको छनोट सकिएको हो भने बाकी अरु खेलमा आईतवार सम्पन्न गर्ने छ। उसु, आइटिएफ तेक्वान्दो, फुलकन्ट्याक करातेँ र कवडी खेलका खेलाडीहरु आज आइतबार छनोट हुनेछन् ।
भक्तपुर जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता कार्यक्रमको आज उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले खेल स्वास्थ्य र सम्वृद्धिको आधार भएको बताउनु भयो । जिल्ला अधिकारी शर्माले खेल क्षेत्र राष्ट्रको गौरव भएकाले सबै खेलाडीहरुलाई मेहनत र ईमान्दारीका साथ खेललाईअगाडी बढाउन आग्रह गर्नु भयो ।











0 Comments