हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर, ४ भदौ । धनमान लघुकथा पुरस्कारबाट लघुकथाकार अगिब बनेपाली पुरस्कृत भएका छन् ।
लघुकथा समाज नेपालले भक्तपुरमा आयोजना गरेको धनमान लघुकथा पुरस्कार वितरण तथा धनमान श्रेष्ठ व्यक्ति एक आयाम अनेक कृतिमाथि बिचार बिमर्श कार्यक्रमका अवसरमा भक्तपुरका लघुकथाकार बनेपालीलाई १५ हजार नगदसहित सम्मान पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचारले पुरस्कृत लेखक बनेपालीलाई बधाई दिँदै आफू यस क्षेत्रको नभए पनि साहित्यमा रुचि भएको बताए । 
कार्यक्रममा धनमान श्रेष्ठ व्यक्ति एक आयाम अनेक कृतिको समीक्षा गर्दै डा। कुमार कोइरालाले कितावमा धनमान श्रेष्ठले आफूले लेखेका र उनका बारेमा विभिन्न व्यक्तिहरुले लेखेका लेखहरुले उनको विभिन्न आयाम झल्कको चर्चा गरे । कार्यक्रममा धनमान उनले कथाकार एवम् स्वास्थ्यकर्मी धनमान श्रेष्ठलाई धनमानमात्र नभनी ज्ञानमान र सरस्वतीमान किन नभन्ने भनी प्रश्न गरे ।
त्यस्तै अर्का समीक्षक समाजसेवी कृष्णेश्वरी हाडाले ब्यस्तता कारण किताव सबै पढ्न नपाएको बताउँदै उनले कृतिकार धनमानको बारेमा बिभिन्न समयमा संघ संस्था बनाउन र बचाउन गरेको संघर्षबारे बताइन् ।
सम्मानित कथाकार बनेपालीले पुरस्कारले लेखनका लागि थप हौसला बढाएको बताए भने पुरस्कारका संस्थापक लेखक धनमान श्रेष्ठले आफ्नै नाममा स्थापना गरेको धनमान लघुकथा पुरस्कार वितरण भक्तपुरमा गर्न पाएको र त्यसमाथि भक्तपुरकै लेखकलाई दिन पाएकोमा खुसी व्यक्त गरे ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).