हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र १ गते २०७९
भक्तपुरको गयभिमसेज स्थानस्थित आदर्श आजाद माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरणमा वडाध्यक्ष बिजुक्छेंले पढ्नका लागि मात्र नपढी जीवन जीउनकै लागि पढ्नु पर्ने बताउँनुभयो ।

सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष जोन्छेले शिक्षकसँग अन्तरक्रिया गरि अध्ययन गर्दा विद्यार्थीलाई नै फाइदा हुने उल्लेख गर्दै विद्यालयमा सामाजिकीकरणको असल अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

बिद्यार्थीले कक्षामा आउँदा पढेर आउँ, शिक्षकलाई प्रश्न गरौं, त्यसो भयो भने शिक्षक आफूले पनि पूरा तयारी गरेर आउँछन्, त्यसले विद्यार्थीलाई नै फाइदा हुन्छ, भन्दै शिक्षकसँग प्रश्न गर्ने बानी बसालौं, प्रश्नले शिक्षकको पनि अल्छीपना घट्छ भनुभयो । कोर्सका किताबमा मात्र सिमित नभई बाहिरी ज्ञानका लागि अन्य पुस्तकहरु पनि पढ्नु पर्ने बताउँदै शिक्षाकर्मी समेत रहेका अध्यक्ष बिजुक्छेंले त्यसका लागि पुस्तकालय जानुपर्ने भएकाले पुस्तकालय संस्कृति विकास गर्नमा पनि जोड दिनुभयो। 
त्यस्तै विद्यालयका प्राचार्य श्रीकृष्ण किसीले आदर्श आजाद मावि भक्तपुरको उत्कृष्ट विद्यालय भएको जानकारी दिदै विद्यालयको शैक्षिक उपलब्धि उच्च रहेको बताउनुभयो। उहाँले विद्यालयमा अध्ययन गरेका विद्यार्थीले पढाइमा सफलता हासिल गरेर विभिन्न पेशा गरिरहेको जानकारी दिदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय लागिरहेको पनि जानकारी दिनुभयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).